एजेन्सी । अष्ट्रेलियाको जनसंख्या १.८ प्रतिशतले बढेको छ । सेप्टेम्बर ३० सम्म अष्ट्रेलियाको जनसंख्या २७.३ मिलियन पुगेको छ । जुन २०२३ को सोही अवधिको तुलनामा चार लाख ८४ हजारले बढेको छ । अष्ट्रेलियाली तथ्यांक ब्युरोले दिएको जानकारीअनुसार सेप्टेम्बर ३०, २०२४ मा समाप्त भएको १२ महिनामा उक्त दरले अष्ट्रेलियाको जनसंख्या बढेको हो ।
जनसांख्यिकीका प्रमुख बेइदार चोले सेप्टेम्बर ३०, २०२४ सम्मको वर्षमा ६ लाख १७ हजार नौ सय मानिसहरू विदेशबाट आएको बताउनुभयो । दुई लाख ३८ हजार एक सयजना बाहिरिएका छन् । पश्चिमी अष्ट्रेलियाले गत वर्ष सबैभन्दा छिटो जनसंख्या वृद्धिको अनुभव गरेको छ । २.५ प्रतिशतले बढेको छ ।
भिक्टोरियाले २.१ प्रतिशतले वृद्धि गरेको छ भने क्वीन्सल्याण्डको जनसंख्या २ प्रतिशतले बढेको छ । १२ महिनाको अवधिमा टापु राज्य तस्मानियामा सबैभन्दा कम वृद्धि देखिएको छ । जनसंख्या ०.३ प्रतिशतले वृद्धि भएको छ । (सिन्हृवा/न्युज एजेन्सी नेपाल)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच