लमहीमा जारी पिएम कपमा सुदूरपश्चिमद्वारा काेशी प्रदेशलाई २४३ रनकाे लक्ष्य

विवेक खड्का दाङ, संवाददाता
विवेक खड्का दाङ, संवाददाता
Read Time = 5 mins

दाङ । दाङको लमहीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत सुदूरपश्चिम प्रदेशले काेशी प्रदेशलाई २४३ रनकाे विजयी लक्ष्य दिएकाे छ ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज टस जितेर पहिले ब्याटिङ गरेकाे सुदूरपश्चिमका किरण ठगुन्नाकाे शतकीय पारीमा काेशी प्रदेशलाई २४३ रनकाे विजयी लक्ष्य दिएकाे हाे ।

सुदूरपश्चिमका लागि छैठौं नम्बरमा ब्याटिङ गर्न आएका किरणले ९१ बलमा ४ छक्का र १२ चाैकाकाे मद्दतमा ११५ रन बनाए । उनले शतकपछि ठूला शट प्रहार गर्ने क्रममा फिर्दाेश अन्सारीकाे बलमा लङअफमा प्रकाश कार्कीकाे हातबाट क्याच आउट हुन पुगे ।

फागुन २५ गतेबाट जारी प्रतियोगितामा किरणले यसअघि पनि देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गण्डकी प्रदेश विरुद्ध अविजित १२१ बनाउँदै पहिले शतक बनाउने खेलाडी बनेका थिए ।

प्रतियोगितामा सुदूरपश्चिमले ४३ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै २४२ रन जाेड्याे । सुदूरपश्चिमकाे पारी उकास्न किरण बाहेक अरु खेलाडीले ब्याटबाट प्रभाव छाड्न सकेनन् ।टेक बाेहरा १६ रन, अर्जुन बिक १५ रन, शेर मल्ल र कप्तान नारायण जाेशी समान १४-१४ रन बनाएर आउट भए । साैर्य श्रेष्ठ र निश्चल क्षेत्री १०-१० रन बनाएर आउट भए ।

काेशी प्रदेशका लागि ज्ञानेन्द्र श्रेष्ठले ९ दशमलव ४ ओभरमा १ मेडनसहित ४८ रन दिएर ४ विकेट लिए । फिर्दाेश अन्सारीले ८ ओभरमा १ मेडनसहित ३३ रन दिएर २ विकेट लिँदा कप्तान अंकित सुवेदीले पनि ५ ओभरमा ३० रन दिएर २ विकेट हात पारे । दिपेश कँडेल, प्रकाश कार्कीले १-१ विकेट लिए ।

२४३ रनकाे विजयी लक्ष्यका साथ काेशी प्रदेशले अब केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।

दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अंक तालिकाको साताैँ स्थानमा रहेको सुदूरपश्चिम प्रदेश र पुछारमा रहेको काेशी प्रदेश टीम बीच खेल जारी छ । अहिलेसम्म ७ खेल खेलीसकेको सुदूरपश्चिम २ मा जीत र ५ मा हार व्यहाेर्दै ४ अंकका साथ साताैँ स्थानमा रहँदा समान ७ खेल खेलीसकेको काेशी प्रदेश १ खेलमा जीत र ६ खेलमा लगातार हार व्यहोर्दै २ अंकका साथ अंक तालिकाको दशाैँ स्थानमा छ ।

नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा
३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलीरहेका छन् । राउण्ड राेविनका आधारमा भईरहेकाे प्रतियोगिता चैत १६ गतेसम्म चल्नेछ ।

तीन खेल मैदानमा भईरहेको प्रतियोगिताअन्तर्गत रुपन्देहीको सिद्धार्थ रंगशालामा १७ वटा, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा १५ वटा, दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १४ वटा गरि ४६ वटा खेल भईरहेका छन् । जसमा शनिबारसम्म ३४ वटा खेल भईसकेका छन् ।

यता, दाङमा देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १२ गतेसम्म हुने प्रतियोगितामा अब चैत ११ गते वाग्मती र कर्णाली प्रदेश तथा चैत १२ गते नेपाल पुलिस क्लब र कर्णाली प्रदेश बीच खेल हुने तालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?