दीपक मलिकको घर भत्काइएको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग

हिमालय टाइम्स

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) बाट राष्ट्रिय सभा सांसद घनश्याम रिजालले सिरहाको औरहीमा दलितमाथि गरिएको विभेद छानबिन गर्न संसदीय समिति माग गर्नुभएको छ ।

आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो माग राख्नुभएको हो । उहाँले जिल्लाको औरही-५ मा गाउँपालिका अध्यक्ष शिवजी यादव, जनमत पार्टीका पालिका अध्यक्ष दिलिप यादव र विष्णु महायज्ञका आयोजक बजरङ्ग बाबाले दलित समुदायका दीपक मलिकको घर भत्काएकामा निन्दा गर्दै छानबिन समिति गठन माग गर्नुभयो । उक्त घट्नाले ६० लाख दलित समूदायलाई अपमानित गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘दलितले बसोबास गरेको माटो अपवित्र हुन्छ भन्दै घर रहेको जमिनको माटो समेत खनेर फालिएको छ । म यो जघन्य अपराधको निन्दा गर्दछु । यो घट्नाले झन्डै ६० लाख दलित समुदायलाई अपमानित गरेको छ । संविधान र कानूनको धज्जि उडाएको छ भने नेपाल र संसारभरी बसेर रहेका सभ्य नेपाली नागरिकको शीर लाजले झुकाउन बाध्य बनाएको छ । निर्वाचित जनप्रतिनिधिले यस्तो अपराधको नेतृत्व गर्नुले नेपाली समाजको चेतनाको स्तर उदांगो पारिदिएको छ । घटनाको सत्यतथ्य छानविन गर्नको लागि संसदीय समितिको माग गर्दछु ।’

उहाँले निर्वाचित प्रतिनिधिले नै अपराधको नेतृत्व गर्नुले नेपाली समाजको चेतनाको स्तर उदांगो भएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?