
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उपप्रधानमन्त्री समेत रहनुभएको सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई सम्बोधन गर्दै प्रश्न गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमामा स्टाटस लेख्दै मेयर बालेनले सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै सीमित रहेको उल्लेख गर्दै प्रश्न गर्नुभएको हाे ।
‘अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रह्यो । कहिले गर्ने हो ?’ उहाँले प्रश्न गर्नुभएको छ ।
मेयर बालेनले आफूलाई हराउने नाममा शहर, क्षेत्र र देश चाहिँ नहराउन आग्रह समेत गर्नुभएको छ ।
गणेशमान सिंह, पीएल सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउन पनि मेयर बालेनले उपप्रधानमन्त्री सिंहलाई सुझाव दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच