
रुपन्देही । बुटवल उपमहानगरपालिकाले थप १ सय ६९ ई-रिक्सा सञ्चालन अनुमति दिएको छ । बजारमा अब्यवस्थित ई-रिक्सा संचालनको गुनासो आईरहेको बेला बुटवल उपमहानगरपालिकाले ब्यवस्थापनको काम थालेको हो ।
दर्ता र जाँचपास जस्ता आवश्यक प्रक्रिया पुरा गरेका १ सय ६९ ई-चालकहरुलाई आईतबार संचालन अनुमतिपत्र वितरण गरिएको छ ।
इतबार एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवि अर्याल, यातायात ब्यवस्था कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवललगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिसहितको उपस्थितिमा अनुमतिपत्र वितरण गरिएको हो ।
बुटवल उपमहानगरपालिकामा एक हजार ४ सय ४० ई-रिक्सा संचालन गर्न सकिने ब्यबस्था रहेको भन्दै नगरप्रमुख पाण्डेयले छिटोभन्दा छिटो आवश्यक मापदण्ड पुरा गरेरमात्र संचालन गर्न आग्रह गर्नु भयो । दर्ता नभएका संचालनमा कडाइ गरिने तथा ई-रिक्सा जथाभावी चलाउने, जथाभावी भाडा लिने र अनावश्यक व्यवहार गर्नेहरुलाई निगरानीमा राखिने उहाँले बताउनु भयो ।
यसअघि १ हजार २४७ ई रिक्सा सञ्चालन अनुमति पाएकोमा अन्य ई रिक्सा व्यवसायीहरूले आफूहरूले पनि सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै आएका थिए । सोही माग र बजारले थेग्न सक्ने अवस्थालाई मध्यनजर गरी हाललाई १ सय ६९ ई चालकहरुलाई संचालन अनुमतिपत्र दिइएको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्यालले बताउनु भयो ।
बुटवल उपमहानगरपालिकाले नगर भित्र एक हजार ४ सय ४० ई रिक्सा संचालन गर्न सकिने मापदण्ड तय गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच