
हेटौंडा । चेपाङ समुदायको मानव अधिकार अवस्था सम्बन्धि परामर्श कार्यक्रम आइतबार हेटौंडामा सम्पन्न भएको छ। राष्ट्रिय जनवकालत मञ्च नेपालको सहकार्य तथा राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा उक्त कार्यक्रम भएको हो ।
बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाकोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग सचिव मुरारी प्रसाद खरेलको अध्यक्षता थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवकोटाले हरेक मानवले स्वतन्त्रतापुर्वक बाच्न पाउने हक रहेको भन्दै मानवअधिकारकाे रक्षार्थ जुनसुकै कदम उठाउन हिच्किचाउनु नहुनेमा जोड दिनुभयो । बागमती प्रदेशका विभिन्न प्रदेशका विभिन्न जिल्लामा चेपाङ समुदायकाे बसोबास रहेको बताउँदै आदिवासीहरु अझैपनि माैलिक हक र अधिकारका सवालमा अनभिज्ञरहेको उहाँको भनाइ थियो। मानव अधिकारका सवालमा सुसूचित पारिनु पर्नेमा जोड दिनुभयो।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग अधिकृत किरण बहादुर बरामले अतिसिमान्तकृत चेपाङ समुदायको मानव अधिकार अवस्था अध्ययन प्रतिवेदन २०८१ मस्यौदा प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमा अध्ययनको उद्देश्य, अध्ययनको विधि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता, दिगो विकासका लक्ष्य,विश्वव्यापी आवधिक समिक्षा, आदिवासी जनजातिको अधिकार आयोगको पहल,न्यायमा पहुँच, चेपाङ समुदायको शैक्षिक अवस्थालगायत प्रतिवेदनमा प्रस्तुत गरिएको थियो।
चेपाङको जिल्लागत जनसंख्यामा मकवानपुरमा २३ हजार ६४०, चितवनमा ३५ हजार ३३, धादिङमा १७ हजार ७८ र गोर्खामा ४ हजार २५८ जनसंख्या रहेको प्रतिवेदनमा प्रस्तुत गरिएको थियो। नागरिकता प्रमाणपत्रको पहुँच भएको ९१ प्रतिशत र पहुँच नभएको ९ प्रतिशत रहेको प्रतिवेदनमा प्रस्तुत भएको थियो।
कार्यक्रममा बोल्दै नेपाल चेपाङ संघ अध्यक्ष गोविन्द राम चेपाङले चेपाङ समुदायको छेत्रमा भने जस्तो र सोचे जस्तो काम अझै सरकारले नगरेको भन्दै अब आउने बजेटमा समेट्न समेत अनुरोध गर्नुभयो ।
मानव अधिकार आयोग बागमती प्रदेश प्रमुख पवन भट्टले कार्यक्रमको विषय बारे प्रष्ट पारेका थिए।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मकवानपुरकि सिडिओ स्किम श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय मकवानपुर उपरीक्षक विश्व राज खड्का र मानव अधिकारको छेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच