
काठमाडौं । नेपाली काँग्रेसले संविधान कार्यान्वयनको पक्षमा दृढतापूर्वक उभिने निर्णय गरेको छ ।
आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस प्रवक्ता डा प्रकाशशरण महतले सार्वभौम नेपाली जनताद्वारा निर्वाचित संविधान सभाबाट बनेको संविधानको पूर्ण कार्यान्वयन गर्दै संविधानप्रति पूर्ण प्रतिवद्धता जाहेर गर्ने निर्णय गरेको बताउनु भयो ।
उहाँले संघीय लोकतान्त्रिक संविधानमार्फत नै जनताका आवश्यकता, समस्या र महत्वकांक्षाहरुलाई सम्बोधन गर्न सकिने काँग्रेसको विश्वास रहेको बताउनु भयो । बैठकले ववियुको निर्वाचनमा नेपाल विद्यार्थी संघ फेरि पनि धेरै क्याम्पसहरुमा विजयी भएको र विजयी हुनेहरुलाई धन्यवाद दिने निर्णय गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सार्वभौम नेपाली जनताद्वारा निर्वाचित संविधान सभाबाट बनेको संविधानको जुन गणतान्त्रिक संघीय संविधान बनेको छ, यसप्रति पूर्ण प्रतिवद्धता जाहेर गरेको छ । यस संघीय लोकतान्त्रिक संविधानमार्फत नै जनताका आवश्यकता, समस्या र महत्वकांक्षाहरुलाई सम्बोधन गर्न सकिने पनि विश्वास व्यक्त गरेको छ । कार्य सम्पादन समितिका सदस्य नेताहरुले आफ्ना दृष्टिकोण राख्नुभएको छ । स्ववियुको निर्वाचनमा नेपाल विद्यार्थी संघ फेरि पनि सबैभन्दा ज्यादा ठाउँ, सबैभन्दा धेरै क्याम्पसहरुमा जित्न सफल भएको छ । त्यसमा विजयी भएका नेपाल विद्यार्थी संघका उम्मेदवारहरुलाई बधाई दिएको छ । शुभकामना दिएको छ । संगठन सम्बन्धी सक्रिय सदस्यता सम्बन्धमा, जनसम्पर्क समितिको विषय पहिला पनि निर्णइ गरेका थियौँ, त्यो परिमार्जन गर्ने निर्णय भएको छ ।’
काँग्रेसले बैठकमा समसायिक राजनीतिक विषयमा पनि छलफल गरेको छ । सरकारले प्रभावकारी ढंगबाट काम गर्नुपर्ने, जनताका आवश्यकता पूरा गर्न कमजोरी गर्न नहुने बारेमा पनि छलफल भएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच