काठमाडौं । कालीदेवि मिडिया हाउसद्वारा आयोजित ‘कालिदेवी अन्तर्राष्ट्रिय म्युजिक अवार्ड-२०८१’ को राष्ट्रिय नाचघर जमलमा एक कार्यक्रमको आयोजना गरी नोमिनेसन सार्वजनिक गरिएको छ । नोमिनेसनमा विभिन्न विधामा-१२५ जनाले आवेदन दिएकोमा ९५ जना श्रष्टा, सर्जकहरू उत्कृष्ट टप पाँचमा पर्न सफल भएका छन् ।
नायिका सुश्री संगीता तितुङको सभापतित्वमा सम्पन्न नोमिनेसन कार्यक्रममा प्रमुख अतिथ्यता जि.मोटार प्रो.पारशमणि गेलाल, विशिष्ट अतिथिहरूमा राष्ट्रिय तामाङ घेदुङका अध्यक्ष वीरबहादुर योञ्जन, राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशका अध्यक्ष तथा नायक दावा फिन्जो तामाङ, रहनुभएको छ भने अन्य पाहुनाहरूमा हरि सिंघ राईखोला, रवि तामाङ, जीवन परियार, सुरज खड्का, दिपु तामाङलगायत अन्य थुप्रै संघसंस्थाका व्यक्तित्वको उपस्थिति रहेको थियो ।
‘कालिदेवी अन्तर्राष्ट्रिय म्युजिक अवार्ड-२०८१’ नोमिनेसन कार्यक्रममा ‘मिसेज तामाङ’ श्याम माया तामाङ, ‘मिस जनजाति दुवई’ आरजे अञ्जलि लोप्चन, ‘मिस तामाङ-२०२५’ अञ्जु थोकर तामाङ, चर्चित कलाकार शारदा गिरि ‘काली आमा’लगायत अन्य थुप्रै कलाकारलाई सम्मान गरिएको थियो । फाइनल अवार्ड वितरण कार्यक्रम नयाँ वर्ष २०८२ को शुभकामनासहित जापानमा सम्पन्न हुने कार्यक्रम संयोजकव्दय विनायक तामाङ र राजन भुजेलले जानकारी गराउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच