
-चन्द्रकान्त आचार्य
‘जू’ अर्थात् जनावरहरूको बासस्थल हामी चिडियाखाना भन्छौं, हाम्रो जाउलाखेलमा पनि छ । केही वर्षपहिले अमेरिकाको वासिंटन डिसीमा रहेको ‘जु’मा पनि गएका थियौं । हाम्रो जाउलाखेलमा साधारण चिडियाखानादेखि विश्वप्रसिद्ध वासिंटन डिसीको ‘जु’ हेर्दा के अन्तर भटाइयो मैले कहिल्यै लेख्ने प्रयास गरिन र अहिले त्यस्ता खास विशेषता कहिका पनि लेख्नुपर्ने देख्दिन । जहाँ पनि बाघ, भालु, सिंह, बादर आदि जनावरहरू हेरेर सन्तुष्टि लिइएको त होला भनेर सोच्तै यसपटकको सिंगापुर जुले के त्यस्तो प्रभाव पा¥यो र लेख्नै कलम उठाउनुप¥यो भनेर अलिकति विस्तारमा जाँदा केही नयाँ कुरा भेटिएला कि भनेर लेख्दैछु । सन् २०२४ फरवरी महिनाको तीन साताव्यापी हाम्रो सिंगापुर भ्रमणको चौथो दिन फरवरी ८ मा दिउँसो २ बजेतिर छोरी मोनिका र ११ वर्षे नाति जभ् तथा ६ वर्षे नातिनी लेनासहित सिंगापुरको चिडियाखाना हेर्न भनेर मोनिकाले चलाएको गाडीमा उनीहरूको निवास सिंगापुरको मध्यक्षेत्र हिृवटली रोडबाट उत्तरतिर लाग्यौं । यो सिंगापुरको थम्प्सन् अस्पताल नजिकको क्षेत्र हो ।
हिृवट्ली क्षेत्रबाट धेरैजसो महत्वपूर्ण ठाउँ दक्षिणमा पर्दछन् र घुम्न हिँड्दा गाडी सधैंजसो गेटबाट दक्षिणतिर लाग्दछ । तर, जेभ र लेनाको ‘सिंगपुर अमेरिकन स्कुल’ उत्तरमा मलेसियाको सिमाना नजिक पर्दछ । त्यसैले मोनिका उनीहरूलाई लिन जाँदा कहिलेकाहीँ निर्मला र म पनि सँगै जान्छौं । त्यहाँ जाँदा मलेसियाको क्षेत्र मैले देखेको थिइन तर जु जाने बेलामा मोनिकाले समयमै भनेकी हुँदा म चनाखो भएर गाडीबाट उत्तरतिर हेर्दै गर्दा निकै अग्ला धेरै भवन एकै ठाउँ देखिए, ती मलेसियाको जोहरबारू भन्ने ठाउँका रहेछन् । त्यस देशमा जाने भिसा नहुँदा अर्को देशबाट हेर्दामात्र पनि मन रमाउँदो रहेछ । धेरै वर्षपहिले अमेरिकाको क्यालिफोनिर्या राज्यको सान्डियागोमा नेपाली मित्रहरूले प्रशान्त महसागरका किनाराका विभिन्न ठाउँ घुमाउने क्रममा दक्षिणी सिमानामा लिएर गएका थिए । त्यहाँबाट पारिपट्टि मेक्सिकोका विभिन्न शहर र खासगरी भिरालो जग्गामा वनजंगल देख्ता यस्तै बाटाबाट हाम्रा नेपाली भाइबन्धु लुकीछिपी अमेरिका छिर्ने प्रयत्न गर्दा हुन् भन्ने पीडादायी विचार मनमा आएको थियो ।
सिंगापुरको प्रकृतिमा रमाउँदै हामीले चिडियाखाना हे¥यौं । त्यसको विशेषता के भने प्रत्येक महŒवपूर्ण जनावर, चराचुरुंगी, कीराफट्यांग्रा आदि हेर्ने ठाउँ विशेष बनाइएको रहेछ । पहाडका थुम्का र तिनका वरिपरि पानीका झरना, नहर बनाएर प्रत्येक जनावरलाई पानी खाने राम्रो बन्दोबस्त मिलाइएको थियो ।
त्यस्तै केही वर्षपहिले अर्थात् कोभिड–१९ को दोस्रो लहर डेल्टाले नेपाल र भारतमा दुःख दिएको बेलामा हामी संयुक्त राज्य अमेरिकाको वासिंटन राज्यको सियाटलमा थियौं । त्यहाँबाट उत्तरतिर पहाडी क्षेत्रको भ्रमणमा गएको बेलामा क्यानडाको भिक्टोरिया शहरको वारि अमेरिकाको सानो बस्तीमा बसेका थियौं, त्यहाँ प्रशान्त महासागरको ठूलो भँगालोले क्यानडा र अमेरिकालाई छुट्याएको थियो । पानीको बीचको भागबाट सिमनारेखा गएको छ भन्दथे । त्यसरी पारिपट्टि सुन्दर क्षेत्र भिक्टोरिया देखिन्थ्यो भने त्यस देशको भिसा पनि हामीसित थियो । तर कोभिडका कारण अमेरिकी नागरिकदेखि बाहिरका यात्रीलाई क्यानडा छिर्न नदिएकाले हामीले वारिबाट मात्र क्यानडा हेरेर चित्त बुझाएका थियौं ।
प्रसंग वारिबाट अर्थात् सिंगापुरबाट मलेसिया हेरेको कुरामा रहेको छ । यहाँ आएको बेला मलेसिया जान ठीक हुन्छ भनेर छोरीले हामीलाई मलेसियाको भिसा बनाएर आउन भनेकी हुन् । सिंगापुरका लागि भिसा नचाहिने हुँदा मलेसियाका लागि भिसा बनाउने झन्झटमा हामी लागेनौं र वारिबाट मलेसियाका अग्ला भवनहरू देखेर दंग पर्दै सिंगापुरको चिडियाखानातिर हामी सोझियौं । जंगलमात्र होइन वरिपरि ससाना खोला बगिरहेको सुनसानजस्तो क्षेत्रमा मानिसको भने निकै भिड थियो र सुस्तसुस्त त्यहाँ भित्रभित्र घर, छाप्राहरू देखिन थाले । निकै घुमाएर अन्डरग्राउण्डको एक ठाउँमा गाडी रोकेपछि माथि निस्केर चिडियाखाना प्रवेशद्वारतिर लागियो । त्यस्तो सुनसान लाग्ने क्षेत्रमा त यता हे¥यो घर उता हे¥यो टहरा, कति ठाउँमा रेष्टुरेण्टहरू, सुन्तलाको रस बनाउने ठूला मेसिन भित्तामा सटाएका छन् र मानिस जता पनि पंक्तिबद्ध देखिन्छन् । उता कफी, चिया र खाने सामान छरपष्ट देखिन्छन् । अष्ट्रेलियाका सुन्तला भनेर लेखिएको त्यस मेसिनको भित्रतिर टन्न सुन्तला भरिएका छन् । आवश्यक रकम हालेपछि एक–एक गरी बोक्रा छोडाइन्छन् ।
सिंगापुरमा सबैजसो मानिसका घरमा सहयोगी (हेल्पर) राख्ने चलन रहेछ । यस्ता सहयोगी भारत, पाकिस्तान, सिंगापुर, श्रीलंका आदि ठाउँबाट आएका धेरै देखिए । नेपाली मूलका भारतको दार्जिलिङ, कालिम्पोङ आदि ठाउँ देखिए । धेरैजसो महिला घरका सहयोगीका रूपमा काम गर्ने, यिनीहरूलाई आइतबार छुट्टी हुने हुँद यतै लिटिल इण्डिया क्षेत्रतिर सबै भेला हुने सस्ता पसलमा खाना खाने, आराम गर्ने दृश्य पनि देखिए ।
अर्कोतिर पिसिने, रस बनाएर छान्ने, कागजका कपमा राख्नेमात्र होइन बिर्को लाउने प्रविधि पूरा भएपछि तलपट्टि सानो ढोका खुल्छ । धेरै कुरा अरू ठाउँमा भन्दा सिंगपुरमा अटोमेटिक प्रक्रियामा गएको देखिन्छ । करिब ५५ वर्षपहिले १९६७÷६८ मा मास्को र किभका बाटामा हामी एक कोपेक र ३ कोपेकमा मेसिनबाट साधारण सोडा वाटर, गुलियो जुस खान पाउँदा आश्चर्यचकित हुन्थ्यौं । अहिले अष्ट्रेलियाको सुन्तलाको रस सिंगापुरमा मेसिनले पेलेर दियो, हामी खाएर टिकट किन्ने लाइनमा बस्यौं । टिकट पनि कति महँगो एकजनाको ४८ सिंगापुर डलर मोटामोटी चार हजार आठ सय नेपाली रुपैयाँ । त्यति धेरै रकम तिरेर भित्र पसेर एकदुई ठाउँ जनावर हेर्दै थियौं पानी पर्न सुरु ग¥यो । छाता ओढेर अघि बढ्दै गर्दा ठूला हल्का सामग्रीले बनेका भवनहरू देखिए, तीमध्ये एउटा खानाखाने पसलको ठूलो हलमा हामी पस्यौं । चिया खाँदै गर्दा पानी रोकिएला भन्ने आशा गर्दै गर्दा लामो समय बितिसक्यो तर पानी कहिले कम हुने, अलिकति हिँड्दै गर्दा पुनः पानी पर्ने गरेर हामीलाई सतायो । त्यसपछि एक पसलको बाहिर पंक्तिबद्ध भएर उभिएका मानिसहरूसँग हामी पंक्तिबद्ध भयौं, लगातार आठ दशवटा लामो बसहरू आए र हामी आफ्नो पालो आएपछि बसमा बसेर वरिपरि घुम्न थाल्यौं । तर बाटामा देखिने कुरामात्र हेर्न सकिन्थ्यो, बाहिर उत्रेर भित्रभित्र पस्ने, ठाउँठाउँका मनोरम क्षेत्र र अचम्मका जनावर हेर्ने, फोटा खिच्ने आदि सम्पूर्ण प्रक्रिया अवरुद्ध भयो । हामी बाटोबाट देखिने ठाउँका जनावरहरू र तिनका बासस्थान आदि मात्र देख्न समर्थ भयौं तर पूर्ण सन्तुष्टि भएन ।
गाडीमा चढेर केन्द्रमा फर्केपछि छोरी मोनिकाले त्यहीँकी एकजना अफिसरलाई हामीले पानी परेका कारण जू हेर्न पाएनौं भनेपछि अर्की ठूली अफिसरकहाँ पु¥याइन्, तिनले पनि म्यानेजरलाई भेट गराइदिएपछि उनले अर्को दिन हेर्न आउन मिल्ने लेखेर सबै टिकटमा सही गरिदिए । त्यति धेरै भिडमा पानी परेका कारण पैसा फिर्ता हुने या अर्को दिन आउन पाउने भन्ने नियम त थिएन तर मोनिकाले नेपालबाट आएका मातापितालाई राम्रोसँग देखाउन नपाएको गुनासो हाकिमसँग पु¥याउँदा सहानुभूतिपूर्वक कन्सिडर गरेको बुझियो । अब के थियो र हामी अर्को दिन पनि जान पाउने भएर खुशीखुशी घर फकियौं ।
अर्को दिन फेरि मलेसियाका भवन हेर्दै पानी नपरेको सिंगापुरको प्रकृतिमा रमाउँदै हामीले कुना–कुना जताततै पसेर राम्ररी चिडियाखाना हे¥यौं । त्यसको विशेषता के भने प्रत्येक महत्वपूर्ण जनावरहरू, चराचुरुंगी, कीराफट्यांग्रा आदि हेर्ने ठाउँ विशेष बनाइएको पहाडका थुम्का र तिनका वरिपरि पानीका झरना, नहर बनाएर प्रत्येक जनावरलाई पानी खाने राम्रो बन्दोबस्त कति ठाउँमा जनावरलाई तालिम दिएर सर्कसमा जस्तै हेर्ने दृश्यवलीसमेत रहेको र धेरै ठाउँमा खाने–पिउने र आराम गर्ने व्यवस्थाले गर्दा सधैं निकै भिडभाड हुने, राम्रो आय हुने देखियो । हामीले धेरै ठाउँमा जनावरका रमाइला आकर्षक दृश्य देख्यौं, चराचुरुंगीका विशेष रूप देख्दै चिया नास्ता आदि खाएर सन्तुष्ट हुनेमात्र होइन सबै रमाइला ठाउँमा फोटो खिच्ने कार्य तदारुकतासाथ भयो ।
समयको अन्तरले मानिसका व्यवहारलाई पनि फरक पार्ने रहेछ । हामी २५ वर्ष पहिले सिंगापुर आउँदा फोटो खिच्ने यस्तो विचित्र तरिका थिएन । विभिन्न मनमोहक दृश्य हेरेर मनमस्तिष्कमा सजाएर आनन्द लिइन्थ्यो । निर्मलाले दुई दिन पहिले बेलायतका आफ्ना मित्र जेनिमुन र रोजमेरीसँग कुरा गरिन् । त्यसबेला मैले पनि उहाँहरूसँग कुरा गर्दा सिंगापुर भ्रमणको प्रसंग चलेकाले जेनिमुनले बोटानिकल गार्डेन गर्यौं त ? भनेर सोधिन् । मैले उति बेलाको कुरा सम्झें, हाम्रो नेपाल फर्कने निश्चित दिनमा एयरपोर्ट जाँदा आरएनएसीको हाम्रो उडान रद्द भएको सूचना पढेर शहर फर्कनुपरेको थियो, पुनः आरएनएसीको अफिसमा गएर दुई दिनपछिको उडान निश्चित गराएर हामीले पहिले हेर्न नभ्याएको बोटानिकल गार्डेन हेर्न गएका थियौं । त्यतिबेला हेर्नेमात्र काम हुन्थ्यो फोटो खिच्ने खासै चलन थिएन । फोटो खिच्नलाई खास क्यामरा चाहिन्थ्यो, अहिलेजस्तो खल्तीबाट सुटुक्क मोबाइल निकाल्यो झ्याप्प पा¥यो भन्ने थिएन । त्यसैले निर्मलाले बिर्सिसकिन् कि ‘अँ हामीले धेरै गार्डेन हे¥यौं, रमाइला ठाउँमा फोटो खिच्न असाध्यै खुशी लाग्यो’ भन्दै फ्लावर गार्डेन र क्लाउड फोरेस्टको बयान गर्न थालिन् । मैले बोटानिकल गार्डेन उतिबेलै हेरेको अहिले त झिलिमिली धेरै भएका फोटो खिच्ने रमाइला ठाउँ हेर्दैमा फुर्सद छैन भनें ।
झिलिमिली र फोटो खिच्ने कुरा आएकाले थपिहालौं–हामी आएको अहिले २०२४ फरवरी ५ देखि २६ तारेखबीचको समय प¥यो । यस समयमध्ये हामी आएको सुरुको साता नै अझ भनौं फरवरीको दोस्रो साता ८ तारेखदेखि १२ तारेखसम्म यहाँ धुमधामसाथ चिनियाँ नयाँ वर्ष मनाइयो । घरघरमा आफ्ना नातागोता ठूल्ठूला प्याकेट, बण्डलहरूमा उपहार लिएर आउने र ती आतिथेय घरकाले पनि हाम्रो दशैँ–तिहारमा जस्तो खाममा राखेर दक्षिणाजस्तै गरेर पैसा दिने रमाइलोसँग खानाखाने, नाचगान गर्ने चलन हुँदोरहेछ । साथै ती दिनमध्ये धेरै साँझमा सिंगापुरको प्रसिद्ध ठाउँ चाइना टाउनमा यो वर्षको विशेष सिम्बोल ठाउँठाउँमा टाँगेर झिलिमिली बत्तीले सिँगारेको शहर घुम्दा अति नै रमाइलो देखियो र यस्ता ठाउँमा मात्र होइन अरू पनि विशेष ठाउँमा मान्छेको भिड र फोटो खिच्न तँछाड मछाडका दृश्य देखिए ।
चीनको नयाँ वर्ष र चाइना टाउनको कुरा उठेपछि सिंगापुर चिनियाँहरूको प्रभुत्व रहेको ठाउँ हो भन्ने कुरा अवगत भएको हुनुपर्छ । तर भारत, पाकिस्तान आदि हाम्रोतिरका दाजुभाइको पनि उपस्थिति छ । भारतीयहरूको उपस्थिति जनाउने लिटिल इण्डिया भन्ने प्रसिद्ध ठाउँछ । लिटिल इण्डिया भन्ने मेट्रो स्टेसनको वरिपरि धेरै भारतीयहरूका बजार क्षेत्र खाने होटल, हिन्दु मन्दिर, मुस्लिम मस्जिद, ठूलो सुपर मार्केट मुस्तफा आदिले सिंगापुरलाई महत्वपूर्ण धनी देश बनाउन सहयोग गरेको बुझिन्छ । सन् १९९७ तिर आएको बेलामा त हामी मुस्तफाको छेउमा नेपाली लजमा बसेका थियौं र त्यही वरिपरिके भ्रमणले भारत भ्रमणको झझल्को दिन्थ्यो तर सिंगापुर विशेष ठाउँ हो, यो युरोप–अमेरिका शरह हो भन्ने कुरा त त्यतिबेला नै अनुभव भएको थियो । अहिले त पछि २००६ देखि थपिएका मरिना बे क्षेत्र र अरू अर्चर रोड आदि देख्दा आश्चर्य लाग्ने वातावरण बनेको अनुभव भयो । लिटिल इण्डिया मेट्रोको नजिकै एउटा ठूलो बजर क्षेत्र देखियो । त्यहाँ धेरैजसो कामदार कम आय हुने विदेशी जस्ता मानिसलाई सस्तोमा खाने तर राम्रो खाना वितरण गरिएका भोजनालय र धेरै मासुका बजार खासगरी माछाका परिकार बेच्ने ठाउँमा सहन नसकिनेजस्तो गन्ध पार गर्दै हिँड्नुपरेको थियो ।
सिंगापुरमा सबैजसो मानिसका घरमा सहयोगी (हेल्पर) राख्ने चलन रहेछ । यस्ता सहयोगी भारत, पाकिस्तान, सिंगापुर, श्रीलंका आदि ठाउँबाट आएका धेरै देखिए । नेपालीमूलका भारतको दार्जिलिङ, कालिम्पोङ आदि ठाउँका देखिए । धेरैजसो महिला घरका सहयोगीका रूपमा काम गर्ने, यिनीहरूलाई आइतबार छुट्टी हुने हुँद यतै लिटिल इण्डिया क्षेत्रतिर सबै भेला हुने, सस्ता पसलमा खाना खाने, आराम गर्ने दृश्य देखिए । यस्ता सहयोगीरूलाई काम दिने परिवारको निश्चितताका आधारमा सिंगापुर सरकारले कामदार भिसा दिने रहेछ । अरू पनि बाहिर निर्माण भइरहेको होस् या अन्य नियमित कम हुने क्षेत्रमा होस् कामदार विदेशी नै देखिए, त्यस्ता कामदार धेरै दक्षिण भारततिरबाट र श्रीलंकाबाट आएका हुनेरहेछन् । हामीले मुस्ताफा सुपर मार्केटमा काम गरिरहेकामध्ये साडी बिक्री गर्ने ठाउँका काम गर्नेमध्ये श्रीलंकाकी एकजना कामदारले साडी देखाउने आदि सहयोग गर्दा अष्ट्रेलियाबाट आउने नेपालीहरू यहाँ आएर धेरै साडी किनेर नेपाल लैजान्छन् भन्ने कुरा गर्दै आफू सिंगापुरकै सिटिजन भएको कुरा गरेकी हुन् । यहाँ बाहिरी देशका नागरिकलाई सबै कुरामा अलि गाह्रो रहेछ, तर आफ्नो देशका नागरिकलाई सरकारले सम्पूर्ण सहयोग दिने रहेछ । तलब अनुसारको रकममा मात्र होइन, काम नभएका आप्mनो देशका नागरिकलाई सित्तैमा बस्न फ्ल्याट दिनेजस्ता सुविधा रहेछन् । नागरिक असन्तुष्टि यहाँ कतै देखिने रहेनछ । त्यसैले यहाँको सिटिजनसिप पाउन असाध्य गाह्रो रहेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच