काठमाडौं । जेडटिई कर्पोरेसन आफ्नो ब्लेड ए र नुबिया सिरिजका ५ फिचर-प्याक्ड स्मार्टफोन मोडलसहित नेपालमा पुनः प्रवेश गरेको छ । आकर्षक डिजाइनमा उपलब्ध यी मोडलको पर्फर्मेन्स पनि उत्कृष्ट हुनुका साथै नवीन प्रविधियुक्त पनि रहेका कम्पनीको दाबी छ । जेडटिईको नेपालका लागि आधिकारिक विक्रेताका रूपमा शंकर ग्रुप रहेको छ । शंकर ग्रुपसँगको सहकार्यमा जेडटिईले ब्लेड ए र नुबिया सिरिजमार्फत् नेपाली ग्राहकको आवश्यकता पूरा गर्ने लक्ष्य राखेको छ ।
कम्पनीका अनुसार ब्लेड सिरिजको सबैभन्दा उत्कृष्ट फोनका रूपमा जेडटिई ब्लेड ए ७५ रहेको छ । जसमा ६.६ इन्चको ९० हर्ज डिस्प्ले, शक्तिशाली अक्टा-कोर प्रोसेसर, ५० एमपीको एआई क्यामेरा, २२.५ वाट फास्ट चार्जिङ र पाँच हजार एमएएचको शक्तिशाली ब्याट्री रहेको छ भने २५६ जिबी स्टोरेज र १४ जिबी र्याम रहेको छ । त्यस्तै, सामान्य प्रयोगका लागि जेडटिई ब्लेड ए ३५ मा आठ एमपीको एआई क्यामेरा र पाँच हजार एमएएचको शक्तिशाली ब्याट्री रहेको छ ।
अक्टाकोर प्रोसेसर र छ जिबी र्याम रहेको छ । अर्को मोडल जेडटिई ब्लेड ए ५५ मा १२८ जिबी स्टोरेज र १३ एमपीको एआई डुअल क्यामेरा रहेको छ भने जेडटिई नुबिया भी ७० म्याक्समा छ हजार एमएएच ब्याट्री, ५० एमपीको अल्ट्रा ट्रिपल क्यामेरा र एआई एडिटिङ टुलका साथै १.५ मिटर माथिबाट खस्दा पनि केही नहुने कम्पनीले दाबी गरेको छ ।
त्यस्तै, जेडटिई नुबिया भी ७० डिजाइनमा १२० हर्जको ६.७ इन्च एचडी प्लस डिस्प्ले, स्टाइलिस स्काई-मिरर ग्लास र लेदर-टेक्स्चर्ड डिजाइन, ५० एमपीको अल्ट्रा ट्रिपल क्यामेरा रहेको छ । १६ जिबी र्याम र १२८ जिबी स्टोरेज, डिटिएस अडियो भएको नुबिया भी ७० डिजाइनले प्रिमियम स्मार्टफोन अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच