थाइल्याण्डमा जिनियस अन्तर्राष्ट्रिय उत्कृष्ट सम्मान अर्पण

हिटाकर्मी कृष्ण भुसाललाई ‘पत्रकारिता रजत सम्मान’

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 5 mins

बैंकक । थाइल्याण्डको बैंककमा जिनियस अन्तर्राष्ट्रिय उत्कृष्ट सम्मान अर्पण गरिएको छ । विगत १६ वर्ष काठमाडौंमा रहेर गीतसंगीतका क्षेत्रमा काम गर्दै आएको जिनियस डिजिटल म्युजिक प्रा.लि.ले थाइल्याण्डको बैंककमा एक विशेष भव्य समारोहबीच समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउनुभएका व्यक्तित्वलाई सम्मान अर्पण गरेको हो ।

गैर आवसिय नेपाली संघ (एनआरएनए) थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा भएको समारोहमा गीतसंगीतका साथै समाजका विभिन्न क्षेत्रमा अमूल्य योगदान पुर्‍याएका व्यक्तित्वलाई उहाँहरूका कार्यको उच्च प्रशंसा गर्दै सम्मान अर्पण गरिएको जिनियसका अध्यक्ष रमेश पाठकले बताउनुभयो ।

नेपाली राष्ट्रिय गानबाट सुरु गरिएको समारोहमा ईशान श्रेष्ठले मञ्जुश्री नृत्य प्रस्तुत गर्नुभएको थियो भने नृत्य निर्देशक÷कोरियोग्राफर कृष्ण रसाल, केशव कोइराला, मोडल तथा कलाकार शिला गजुरेल, जोशिफा गुरुङ रसाल, पुजन काफ्लेलगायतले आफ्ना प्रस्तुतिमार्फत दर्शकको मन जित्न सफल हुनुभएको थियो ।

समारोहमा सिक्किममा रहेर नेपाली गीतसंगीत भाषा, साहित्यकला संस्कृतिको संरक्षण सम्बद्र्धनमा अतुलनीय योगदान पुर्‍याएकोमा जीवन शर्मालाई सम्मान अर्पण गरिएको थियो भने हिमालय टाइम्स दैनिकका उपसम्पादक एवं मिलाप मासिकका सम्पादक कृष्ण भुसललाई ‘पत्रकारिता रजत सम्मान’ले विभूषित गरिएको थियो । यस्तै, मेरो डान्स युनिर्भसकी विजेता थाइल्याण्ड निवासी खुसी कार्कीलाई सम्मान अर्पण गरिएको थियो ।

समारोहमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखा अध्यक्ष शोभा अर्याल, नृत्य निर्देशक÷मोडल कृष्ण रसाल, मिलाप फाउण्डेशन अध्यक्ष गीता अधिकारी, पत्रकार/निर्देशक राज लुइँटेल, इभेन्ट म्यानेजमेन्ट डाइरेक्टर लवबहादुर कार्की, पत्रकार एवं बडिमालिका फाउण्डेशन नेपालका अध्यक्ष प्रकाशबहादुर सिंह, कोरियोग्राफर ईशान श्रेष्ठ, कोरियोग्राफर कृष्ण राना, गायक/संगीतकार रामबावु राहुत पटेल, इभेन्ट डाइरेक्टर डेभिल सिंह राजपुत, फेयर एक्स्प्रेस मिडियाका अध्यक्ष विपिन पोख्रेल, सामाजिक अभियन्ता वरुणकुमार माझी, ढुवानी व्यवसायी महासंघका सचिव एवं समाजसेवी धर्मराज पोख्रेललाई सम्मान अर्पण गरिएको थियो ।

थाइल्याण्डमा रहेर लामो समयदेखि व्यवसाय गर्दै आउनुभएका सामाजिक व्यक्तित्व सुनिल खड्काको विशेष आतिथ्यता रहेको समारोहमा अन्य अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि भविन्द्र बस्नेत, सिक्किमका जीवन शर्मा, विशेष अतिथि सुनिल, मिलापका कृष्ण भुसाललगायतले थाइल्याण्डको बैंककमा आएर यस्तो भव्य कार्यक्रमको आयोजना गरेकोमा आयोजकलाई बधाई दिँदै विश्वमा जहाँ रहे पनि नेपाली भाषा, साहित्य, कला संस्कृतिका साथै नेपाली गीतसंगीतको संरक्षण एवं सम्बद्र्धनमा जुटनुपर्ने भनाइ राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?