काठमाडौं । गायक तथा निर्देशक कुबेर तामाङको नयाँ एकल गीत ‘मेरो जीवन तिमी’ले सार्वजनिक भएको छ । जसको गीत, स्वर र निर्देशन तामाङको नै रहेको छ ।
गीतलाई कल्याण सिंहले रक-पप र फ्युजन शैलीमा कम्पोज गर्नुभएको छ । मेलोडी नेपाल स्टुडियोमा रेकर्डिङ भएको यस गीतका एरेन्जर पुष्कर सुनुवार र रेकर्डिस्ट विप्लव अधिकारी हुनुहुन्छ । तामाङले एरेन्जर सुनुवारको योगदानलाई गीतको सफलताको प्रमुख आधार भएको बताउनुभएको छ ।
गीतको म्युजिक भिडियोको छायांकन र सम्पादन मोहन सुनुवारले गर्नुभएको छ । यस्तै, मेकअप साया राईको रहेको छ । गीतमा कलाकार सञ्जित भण्डारी र नतिजा लुइँटेलले आफ्नो कलाकारिता देखाउनुभएको छ । तामाङले सम्पादनमा प्रयोग भएको कलर ग्रेडिङ र दृश्यांकनले गीतलाई अझ बढी आकर्षक बनाएको छ ।
तामाङले यस गीतले दर्शकको मन जित्न सफल भएकोमा खुशी व्यक्त गर्नुभएको छ । ‘यो गीत मेरो मिहिनेत र साथीहरूको सहयोगको फल हो । श्रोताहरूको प्रतिक्रिया नै हाम्रो प्रेरणा हो,’ उहाँले भन्नुभयो । उहाँले आगामी दिनमा पनि यस्तै राम्रा प्रस्तुति दिने आशा व्यक्त गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच