प्राधिकरणले श्वेतपत्र जारी गर्ने

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा हितेन्द्रदेव शाक्यको प्रबन्ध निर्देशकमा नियुक्तिसँगै बसेको पहिलो बैठकले लोडसेडिङ हटाउन भारतबाट विद्युत् आयातदेखि विद्युत् महसुल दर घटाउनेसम्म निर्णय गरेको छ । प्राधिकरणले श्वेतपत्र पनि जारी गर्ने भएको छ । सञ्चालक समितिको बैठकले कुलमान घिसिङको कार्यकालमा भएका काम समेटेर प्राधिकरणले श्वेतपत्र जारी गर्ने निर्णय गरेकोे हो । त्यसैगरी सरकारको ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना-२०८१ अनुसार विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) खुला गर्ने निर्णयसमेत भएको छ ।

शाक्यले पदबहाली गर्दै भारतबाट विद्युत् आयात गरेर भए पनि लोडसेडिङ हुन नदिने बताउनुभएको छ । उहाँले मंगलबार साँझ प्रबन्ध निर्देशकको जिम्मेवारी पाएको पत्र प्राप्त गर्नुभएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट पत्र बुझेपछि सिधै प्राधिकरण पुगेर उहाँले पदबहाली गर्दै प्राधिकरणको उच्च तहका कर्मचारीसँग केही छिन परिचयात्मक छलफल गरेर सञ्चालक समितिको बैठकका लागि भन्दै मन्त्रालय पुग्नुभएको थियो ।

हाल भारतले सोलार आवर अर्थात् बिहान छ बजेदेखि साँझ छ बजेसम्म आयात गर्ने अनुमति दिएको छ । प्रोजेक्ट स्टेयरिङ कमिटी (पिएससी) मार्फत् आयात हुने तीन सय ५० मेगावाटसमेत आयात रोकेको छ । सोलार आवरबाहेक विद्युत् आयात नभएका कारण औद्योगिक करिडोरमा लोडसेडिङ भइरहेको छ । त्यसैगरी प्रोजेक्ट स्टेरियङ कमिटी (पिएससी) बैठकमा प्राधिकरणले गरेको सहमति मन्त्रिपरिषद्को निर्देशनका आधारमा अघि बढ्ने निर्णय गरेको छ । दुई देशबीच गत फेब्रुअरीमा पिएससी बैठक बसेको थियो । बैठकमा भारतले मार्च १५ तारिखदेखि जुन ३० तारिखसम्म सोलार आवरमा मात्रै विद्युत् दिने प्रस्ताव गरेको थियोे । साथै बैठकले २०२५/२६ का लागि विद्युत् महसुल दरसमेत तोकेको छ ।

नयाँ दरअनुसार सन् २०२५ को अप्रिलबाट २०२६ को मार्चसम्मका लागि १३२, ३३ र ११ केभी प्रसारण लाइनमार्फत् आदान/प्रदान गरिने विद्युत्को प्रतियुनिट दर क्रमशः ८.१०, ८.७८ र ९.४१ भारतीय रुपैयाँ तय गरिएको थियो । विगतका वर्षहरूमा औसतरूपमा ५.५ प्रतिशत मूल्यवृद्धि हुने गरेकोमा सन् २०२४ अप्रिलदेखि २०२५ मार्चसम्मका लागि तय गरिएको दरमा १.५ प्रतिशत वृद्धि हुने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?