टेलिकमको एसइई अफर

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल टेलिकमले २०८१ सालको एसइई परीक्षामा सहभागी परीक्षार्थीका लागि एसइई अफर २०८१ ल्याएको छ । अफरअन्तर्गत कम्पनीले एसइई परीक्षार्थीलाई २० रुपैयाँमा सिमकार्ड उपलब्ध गराउनेछ र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुनेछ । एसइई अफर तथा बोनस अन रिचार्ज २०८१ चैत १५ देखि २०८२ असार ३० गतेसम्म उपलब्ध हुनेछ । उक्त सिमकार्ड नेपाल टेलिकमका देशभरका कार्यालयबाट उपलब्ध हुनेछ । सिमकार्ड एक्टिभेट गरिसकेपछि ३० दिनसम्मका लागि विभिन्न अफरहरू उपलब्ध हुनेछन् । पहिलेदेखि नै नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने परीक्षार्थीका लागि समेत सोही सिमकार्डमा अफर उपयोग गर्न सकिनेछ ।

नयाँ सिम प्राप्त गरेका परीक्षार्थीले सिमकार्डमा मेन ब्यालेन्सका रूपमा उपलब्ध हुने नौ रुपैयाँ ८० पैसाबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् । त्यसका अतिरिक्त ३० दिनसम्मका लागि प्रतिदिन नेपाल टेलिकमको नेटवर्कभित्र कुराकानी गर्न २० मिनेट अन-नेट भ्वाइस सेवा, १० वटा अन-नेट एसएमएस र पाँच सय एमबी डाटासमेत अफरअन्तर्गत उपलब्ध हुनेछ भने प्रत्येक दिन प्राप्त हुने रिसोर्स सोही दिनका लागिमात्र कायम रहने कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

नयाँ सिम प्राप्त गर्न परीक्षार्थीले एसइईको प्रवेशपत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता, राष्ट्रिय परिचयपत्रलगायतका सरकारी परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्ने कम्पनीले जनाएको छ । अफरअन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पाँच सय एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्कभित्र ५० मिनेट कल गर्न र ५० वटा अन-नेट एसएमएस पठाउन सकिने बोनस सुविधासमेत उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?