चम्पादेवीको जग्गा विवाद, ‘अध्यक्ष केसीको नाममा जग्गा छैन’ : मालपोत

राजकुमार कार्की ओखलढुङ्गा
राजकुमार कार्की ओखलढुङ्गा
Read Time = 5 mins

ओखलढुंगा । चम्पादेवी गाउँपालिकाको नाममा जग्गा भएको ठाउँमा पालिका प्रमुख नवराज केसीको नाममा कुनै पनि जग्गा नभएको पाइएको छ । अध्यक्ष केसी सँग जोडिएको किता नं ९६४ को जग्गा अहिले गाउँपालिका भएको स्थानको आसपास नभई साविक पलापु गाउँविकास समिति वडा नं ८ नवलपुरघाटमा जगत प्रसाद लुइटेलको नाममा भएको जिल्ला माल्पोत कार्यालय ओखलढुंगाले पुष्टी गरेको छ ।

मालपोत कार्यालयका अनुसार, ९६४ कित्ता नम्बरको जग्गा साविक पलापु गाविस वडा नं ८ निवासी डम्बर बहादुर माझीको नामबाट २०६७ साल पुस २९ गते जगत प्रसाद लुइटेलको नाममा पास भएको थियो । जगत प्रसाद लुइटेलको नामबाट मिति २०७५ साल जेठ २० गते कित्ता नं १०४० को ७ रोपनी जग्गा नवराज केसीको नाममा पास भएको थियो । उक्त जग्गा स्थानीय चलनचल्तीको मूल्य अनुसारको पैसा लिई नियमानुसार नवराज केसीलाई बेचेको जगत प्रसाद लुइटेलले बताउनु भयो । उहाँले, यो जग्गाको कारोबार हाम्रो नितान्त ब्यक्तिगत कारोबार भएको बताउनु भयो । उक्त जग्गा नवराज केसीबाट पनि अन्य ब्यक्तिको नाममा बेचविखन भई नासारी समेत भइसेको मालपोत कार्यलयले जानकारी दिएको छ ।

गाउँपालिकालाई निःशुल्क जग्गा दिने दाताहरु यसप्रकार छन् ।

१. बल बहादुर तामङले कित्ता नं ६४४ को ८ आना ।
२. रित बहादुर श्रेष्ठले कित्ता नं २१७ को २ रोपनी ।
३. मोतीलाल तामङले कित्तानं ९ बाट १ रोपनी १३ आना ३ पैसा ।
४. शेख बहादुर श्रेष्ठले कित्ता नं ८ को ६ रोपनी ७ आना २ पैसा
५. बीर बहादुर तामङले कित्ता नं १० को २ रोपनी ७ आना ३ पैसा १ दाम ।
६. मेख बहादुर श्रेष्ठले कित्ता नं ६३८ को ३ रोपनी
७. चेतनाराण श्रेष्ठले कित्ता नं १९८ को ४ रोपनी १ आना ३ पैसा ।
८. शुक्रमाया श्रेष्ठले कित्ता नं २०० को ८ आना ।
९. टेक बहादुर तामङले कित्ता नं ११ को २ रोपनी १० आना १ पैसा २ दाम ।
१०. ठनमाया श्रेष्ठले कित्ता नं २० को २ रोपनी ४ आना २ पैसा ।
११. ठनमाया श्रेष्ठले कित्ता नं २१ को ६ आना १ पैसा १ दाम ।
१२. रिख बहादुर तामङले कित्ता नं २०६ को ५ आना ।
१३. चेतनारायण श्रेष्ठले कित्ता नं १७ को ७ आना २ पैसा ।
१४. चेतनारायण श्रेष्ठले कित्ता नं १९ को ६ आना ३ पैसा ३ दाम ।
गरी जम्मा २७ रोपनी २ आना १ पैसा ३ दाम रहेको छ ।

चम्पादेवी गाउँपालिकाको नाममा २७ रोपनी २ आना १ पैसा ३ दाम जग्गा निशुल्क प्राप्त भएको छ । पालिका भवन लगायतका संरचनाहरु निर्माण गर्न स्थानीय बासीले पालिकाको नाममा निःशुल्क जग्गा वितरण गरेका हुन् । स्थानीय नागरिकले विभिन्न मितिमा गाउँपालिकाको नाममा २४ रोपनी १० आना १ पैसा ३ दाम र ३ नं वडा कार्यालयको नाममा २ रोपनी ८ आना जग्गा पास रहेको जिल्ला मालपोत कार्यालय ओखलढुंगाले जनाएको छ ।

केहि हठात मनस्थिती भएका ब्यक्तिहरुले गाउँपालिकाकै बद्नाम हुने गरी केहि सामाजिक सन्जाल र अनलाइनमा गलत समचार प्रकाशन प्रसारण गर्न लगाइएकोमा दुख लागेको अध्यक्ष नवराज केसीले बताउनु भयो । 'सत्य तथ्य नबुझी गलत समचार प्रकाशन प्रसारण गर्ने सन्चारमाध्याम प्रति खेद ब्यक्त गर्दछु', उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?