नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा बिहीबार बिहान स्कुल बस र यात्रुवाहक बस ठोक्किँदा १४ जना घाइते भएका छन् । बर्दघाट नगरपालिका वडा नं. २ र ४ को सिमानामा पर्ने चिसापानी अस्पताल अगाडि दुर्घटना भएको हो ।
स्थानीयका अनुसार, दुर्घटनामा ७ जना विद्यार्थी, १ जना शिक्षक र २ जना बस स्टाफ गरी ९ जना तथा पृथ्वी यातायातको बसमा रहेका ५ यात्रु घाइते भएका छन् । घटनाको कारण नवलपरासी सुस्ता गाउँपालिका प्राविधिक बिरेन्द्र मण्डल चढेको बा २ ब ६५४९ नम्बरको मोटरसाइकल अकस्मात सडक पार गर्दा भएको हो । पोखरातर्फ जाँदै गरेको ग २ ख १५७४ नम्बरको यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिएपछि अनियन्त्रित बनेर विद्यार्थी चढाइरहेको लु १ ख ८७० नम्बरको ग्लोबल एकेडेमीको स्कुल बसमा ठोक्किएको थियो ।
घाइतेहरूको उपचार भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भइरहेको छ । अस्पताल स्रोतका अनुसार सबै घाइतेहरूको अवस्था सामान्य रहेको छ। उपचारपछि सह-चालकसहित ५ जना विद्यार्थीलाई मंगलबार साँझ डिस्चार्ज गरिएको छ । चालकसहित ३ विद्यार्थीलाई बुधबार साँझसम्म अस्पतालबाट डिस्चार्ज हुने विद्यालयका प्रिन्सिपल मणि शर्माले जानकारी दिनुभयो । शर्माकाअनुसार विद्यालयका चालक र विद्यार्थी कोहिको पनि चिन्ताजनक अवस्था रहेको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच