काठमाडौं । एनआइएमबिएस क्यापिटलद्वारा सञ्चालित एनआइबिएल इक्विटी पार्टनर्सले लक्ष्मी स्टिल्स लिमिटेडमा लगानी गर्ने भएको छ । उक्त सम्झौतामा एनआइएमबी एस क्यापिटलका अध्यक्ष सचिन टिवडेवाल र लक्ष्मी स्टिल्सका निर्देशक विमलकुमार सावरथियाबीचमा हस्ताक्षर भएको हो । उक्त साझेदारीले लक्ष्मी स्टिल्सको उत्पादन क्षमता तथा बजार विस्तारलाई तीव्रता दिनका लागि थप मद्दत गर्ने बताइएको छ ।
सन् २००८ मा सौरभ ग्रुपअन्तर्गत स्थापना भएको लक्ष्मी स्टिल्स टिएमटी रड, ब्लेड र रिब्ड तारको प्रमुख उत्पादक कम्पनीका रूपमा रहेको छ । कम्पनीले नवलपरासीको सुनवलमा अत्याधुनिकस्तरको उद्योग सञ्चालन गर्दै आएको छ । सम्झौताले नेपालको पूर्वाधार तथा आर्थिक वृद्धिमा अझ बढी योगदान पु¥याउन सफल हुने कम्पनीको विश्वास रहेको छ ।
एनआइबिएल इक्विटी पार्टनर्सले गरेको लगानीले लक्ष्मी स्टिल्सको उत्पादन क्षमता सुधार गर्न, उत्पादन दक्षता बढाउन र बजार पहुँच विस्तार गर्न सशक्त सहयोग पुर्याउने कम्पनीले जनाएको छ । एनआइएमबी एस क्यापिटलका अध्यक्ष टिवडेवालले भन्नुभयो, ‘लक्ष्मी स्टिल्ससँग सहकार्य गर्न पाउँदा अत्यन्त उत्साहित छौं । एनआईबिएल इक्विटी पार्टनर्स आर्थिक वृद्धिमा योगदान पुर्याउने तथा त्यस्ता आर्थिक वृद्धि गर्न सहयोग पुर्याउने सशक्त व्यवसायलाई समर्थन गर्न प्रतिबद्ध रहेको छ । यस लगानीको साथ हामी लक्ष्मी स्टिल्सलाई नयाँ उचाइमा पु¥याउन र नेपालको पूर्वाधारको मेरुदण्डलाई मजबुत बनाउन मद्दत गर्ने उद्देश्य राख्छौं ।’
लक्ष्मी स्टिल्सका निर्देशक सावरथियाले भन्नुभयो, ‘एनआइबिएल इक्विटी पार्टनर्ससँगको यो साझेदारी हाम्रा लागि एक सुनौलो अवसर हो । उहाँहरूको विशेषज्ञता र पुँजीले हामीलाई कम्पनीको क्षमता विस्तार गर्न र नेपालको आर्थिक विकासमा योगदान गर्न थप मद्दत गर्नेछ । साथै हामी स्टिल उद्योगका लागि एक बलियो भविष्य निर्माण गर्दैछौं ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच