सर्लाही । ईश्वरपुर नगरपालिका-७ मा ३० धुर जमिन नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रलाई दान गरिएको छ । वितरण केन्द्रका प्रमुख त्रिभुवन कुमार यादवकाअनुसार स्थानीय ईश्वरपुर नगरपालिका-७ निवासी केसव सिंहले आफ्नो ३ क १३०८ कित्ताबाट ३० धुर १५६४ कित्ता हिजो नेपाली विद्युत प्राधिकरणलाई प्रदान गरिएको हो ।
सिंहले विद्युत विकासका लागि आफूले केही गर्नुपर्ने सोच राख्दै आएको बताउँदै, वितरण केन्द्रलाई फ्यूज सेवा संचालनका लागि जमिन आवश्यक रहेको जानकारी पाएपछि उक्त जमिन प्रदान गरेको बतानुभयाे । उहाँकाअनुसार वर्तमान समयमा विद्युतविहीन संसारको कल्पना कठिन भएकाले यसको विकासका लागि सहयोग गर्न पाउँदा आफू खुसी रहेको बताउनुभयाे ।
वडा अध्यक्ष नाथुराम चौधरीकाअनुसार, उक्त ३० धुर जमिनको बजार मूल्य करिब ६० लाख रुपैयाँ रहेको छ । प्रारम्भिक रूपमा फ्यूज सेवा निर्माणका लागि प्रयोग गरिने यस जमिनमा आगामी दिनमा प्राधिकरणको प्र. शाखाको रूपमा विकास गर्ने योजना रहेको लालबन्दी वितरण केन्द्रले जनाएको छ ।
लालबन्दी वितरण केन्द्रका अनुसार, ईश्वरपुर नगरपालिका क्षेत्रभित्र मात्र करिब १३ हजार ग्राहक रहेका छन्। केही समयअघि मात्र औद्योगिक लाइन विस्तारको काम सम्पन्न भइसकेको र औपचारिक रुपमा उद्घाटन गर्न बाँकी रहेको अवस्थामा वितरण केन्द्रलाई दानमा जमिन प्राप्त हुनु विद्युत सेवा र गुणस्तर सुधारका लागि ठूलो उपलब्धि भएको उद्योग वाणिज्य संघ ईश्वरपुरका सचिव सन्तोष रायले बताउनुभयाे ।
हाल यस क्षेत्रमा साना-ठूला गरी करिब ५३ उद्योग संचालनमा रहेका छन् । जमिन प्राप्त भएपछि नजिकै भवन निर्माण गरी फ्यूज सेवा सञ्चालन गर्दा कर्मचारीहरू निरन्तर उपस्थित भई सेवा प्रवाहमा सुधार आउने व्यवसायीहरूको अपेक्षा छ । जमिनमा भवन निर्माणका लागि औपचारिक रूपमा प्राधिकरणको माथिल्लो तहमा प्रस्ताव पठाउने तयारिमा प्रधिकरण रहेको प्रमुख यादवले जानकारी दिनुभयाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच