पाल्पा । पाल्पाको तानसेनमा एक महिनाभित्र ब्लड बैंक सञ्चालनमा आउने भएको छ । ‘हाम्रो ब्लड बैंक, हामी बनाउँछौं’ अभियान चलाएको नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले चार ठूला अस्पतालसहित एउटा डायलाइसिस सेन्टरका लागि रगत अभाव परिपूर्ति गर्ने उद्देश्यले तानसेनमा ब्लड बैंक सञ्चालन गर्न लागेको हो ।
रेडक्रसले ब्लड बैक सञ्चालनका लागि आफ्नै कार्यालयमा ल्याब निर्माण गरिसकेको छ भने आवश्यक उपकरण खरिदका लागि तानसेन नगरपालिकाबाट टेण्डर भईसकेको छ । अब एक महिना सम्ममा रेडक्रस भवनमै सञ्चालन हुनेछ । ब्लड बैंकको स्थायी भवन निर्माणको काम भने तानसेन-१ भुसालडाँडास्थित लायन्स धर्मशाला नजिकै सुुरु भएको छ । स्थायी भवन निर्माणका लागि सहरी विकास मन्त्रालयबाट १ करोड ५३ लाख र स्वास्थ्य मन्त्रालयबाट उपकरण खरिदका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
रेडक्रसले सञ्चालन गरेको ‘हाम्रो ब्लड बैंक, हामी बनाउछौं’ भन्ने महाअभियान उत्साहजनकरुपमा अगाडि बढेको छ । पाल्पामा ४ वटा ठूला अस्पतालमा सधैं रगतको अभावले बिरामीलाई समस्या पर्ने गरेपछि रेडक्रसले अभियानको अगुवाई गरेको हो । जिल्लामा हाल वार्षिक ४ हजार युनिट रगतको आवश्यकता रहेको छ । सोही आवश्यकतालाई परिपूर्ति गर्न रेडक्रसले अभियानार्फत ब्लड बैंक सञ्चालन गर्न लागेको हो ।
अभियानलाई सफल पार्न देश तथा विदेशमा रहेका नेपालीहरुले उत्साहजनक रुपमा सहयोग गरिरहेको रेडक्रस पाल्पाका सभापति बाबुराम कार्कीले बताउनुभयो । रगत अभावमा छट्पटाई रहेका विरामी र घाइतेहरुको अवस्थालाई ध्यानमा राखी रेडक्रसले सञ्चालन गरेको यो महाअभियानमा सहयोग रकम जुट्ने क्रम जारी छ । रेडक्रसले २०८० चैतदेखि साझा अभियानका रुपमा अगाडि बढाएको यो अभियानमा जिल्लामा रहेका र जिल्ला भन्दा बाहिर रहेका पाल्पालीहरुले आर्थिक रकम सहयोग गरी साथ दिएका छन् । ब्लड बैंकका लागि हालसम्म २ करोड ५६ लाख रकम जुटिसकेको शाखा अधिकृत विनोद भारतीले बताउनुभयो । संघीय, प्रदेश, स्थानीय सरकार, विभिन्न संघ संस्था र व्यक्तिहरुबाट उक्त रकम जुटेको हो । हालसम्म उक्त स्रोत सुनिश्चित भएकोमा अझै आधा भन्दा धेरै रकम संकलन गर्नुपर्ने भएकोले सबैपक्षबाट ब्लड बैक सञ्चालनको लागि सक्दो सहयोग गरिदिन रेडक्रसले सबैमा अनुरोध गरेको छ ।
संस्थाले ३ करोड अक्षयकोषमा राखेर त्यसबाट आएको व्याजले कर्मचारी र प्रशासनिक खर्च चलाउने र बाँकी पौने ३ करोड भवन निर्माण र सामग्री खरिदमा खर्चिने योजना बनाएको छ । भवन निर्माणका लागि लायन्स क्लव अफ पाल्पाले भुसालडाँडा क्षेत्रमा निःशुल्क जग्गा प्रदान गरेको छ । पाल्पाका ८ गाउँपालिकाले ५ लाखका दरले ४० लाख, २ वटा नगरपालिकाले १० लाखका दरले २० लाख अनुदान सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको शाखाका निवर्तमान सभापति बुद्धि प्रसाद शर्माले बताउनुभयो । उहाँले ब्लड बैंकलाई सहयोग गर्नु भनेको हरेक व्यक्तिको जीवन बचाउन गरिएको महापुण्य कार्य भएकाले सबैपक्षलाई सहयोगमा जोडिन आग्रह गर्नुभएको छ ।
रक्तसञ्चार केन्द्र स्थापना भएपछी पाल्पाका ठूला अस्पतालहरुमा आवश्यक पर्ने रगत ब्लड बैंकबाटै उपलब्ध हुने कार्यालयका मन्त्री केशवराज नेपालले बताउनुभयो । रेडक्रस पाल्पाले ब्लड बैंक सञ्चालनको लागि आर्थिक सहयोग जुटाउन यशस्कर सदस्य, विशिष्ट सदस्यता वितरण खुला गर्दै आएको छ । जहाँ यशस्कर सदस्यको लागि १ लाख, विशिष्ट सदस्यको लागि २५ हजार शुल्क तोकिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच