चिया मजदुर अधिकारका अगुवा भक्त विकको निधन

राजेन्द्र गौतम झापा, संवाददाता

झापा । चिया बगान मजदुरको हक, अधिकार स्थापनामा सक्रिय भक्तबहादुर विक (विश्वकर्मा) को ६४ वर्षको उमेरमा निधन भएको छ । उहाँको बुधबार साँझ  विएण्डसी अस्पतालमा मृत्यु भएको हो । चिया मजदुरको स्थापनामा उहाँले साढे चारदशक लामो संघर्ष गर्नु भएको चिया बगान मजदुर संघका अध्यक्ष  दीपक तामाङले बताउनुभयो ।

झापामा चियाको व्यवसायिक खेती भएसँगै विक मजदुरको हक, अधिकार स्थापनामा जुट्नु भएको थियो । २०३६ सालमा बर्ने चिया बगान र त्यसपछि बाह्रदशी चिया बगानमा काम गर्नु भएको विकले श्रम ऐन अनुसार सेवा, सुविधा दिलाउन संघर्ष गर्नु भएको थियोे ।

चिया बगान मजदुर संघ स्थापनाको अगुवाई गर्नु भएको विकले सो संघको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी समेत सम्हाल्नु भएको थियो । लोकतान्त्रिक बिचारधाराका उहाँ नेपाली कांग्रेसको राजनीतिमा पनि सक्रिय हुनुहुन्थ्यो । कांग्रेस महाधिवेशन प्रतिनिधि बनिसक्नु भएको विक अहिले झापा १ को क्षेत्रीय प्रतिनिधिकोको भूमिकामा रहेको कांग्रेस झापा १ का क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले बताउनुभयो ।

केही समय अघिदेखि मधुमेह र मुटु रोगको सामाना गरिरहनु भएको विकको स्वास्थ्यमा थप समस्या देखिएपछि बुधबार उहाँलाई उपचारका लागि विएण्डसी अस्पताल लगिएको थियो । प्रेसर र किड्नी सम्बन्धि समस्याको पनि सामना गरिरहेका उहाँलाई अस्पताल पुर्‍याउनसाथ चिकित्सकले ५.३० बजे मृत घोषणा गरेका थिए ।

विकको निधनले नेपालको चिया क्षेत्रले एकजना जुझारु अगुवा र इमानदार नेता गुमाएको संघका अध्यक्ष तामाङले बताउनुभयो । "मजदुरको हक, अधिकार र संध स्थापनामा उहाँको (विक) योगदान अतुलनीय छ" अध्यक्ष तामाङले भन्नुभयो," विकको निधनसँगै मजदुरको अधिकार स्थापनाका अथक अग्रज र चिया क्षेत्रको जानकार व्यक्ति मुलुकले गुमाएको छ ।"

झापाको बुद्धशान्ति गाउँपालिका-४ का स्थानीय बासिन्दा विकका श्रीमती सीता, छोरी कल्पना, छोराहरू राज र शिव हुनुहुन्छ । विकको दाहसंस्कारमा सहभागी हुने बर्ने चिया बगानका मजदुरलाई आज छुट्टी दिइएको छ । चिया मजदुरको अधिकार स्थापनाका लागि भएका सबै आन्दोलनमा विकले नेतृत्वदायी र सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?