
काठमाडाैं । नवौं भक्तपुर औद्योगिक, सांस्कृतिक पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१/२०८२ चैत्र २८ गतेदेखि शुरु हुने भएको छ ।
बिहीवार महोत्सव आयोजक समितिले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । मेला चैत्र २८ गतेदेखि वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव भक्तपुरको सल्लाघारीको तीनकुनेस्थित खुला चौरमा हुने आयोजकले बताएको छ ।
महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामग्रीहरु, खाद्यान्नका सामग्रीहरु, भाँडाकुँडाकासाथै विभिन्न प्रकारका लत्ता कपडा, जुत्ताहरु राखिने बताइएको छ । हस्तकलाका सामग्रीका साथै औद्योगिक उत्पादनका प्रदर्शनी, अटो मोबाइल, आधुनिक कृषि औजार सामग्रीहरु विक्रीका लागि राखिने आयोजकको भनाइ छ ।
मेलामा विक्री गरिने सामग्रीहरुमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको र १ सय ५० वटा स्टल रहने बतााइएको छ । करिव ५ लाख बढीले महोत्सवको अवलोकन गर्ने आयोजकको विश्वास छ । महोत्सवमा ५० र ८० रुपैयाँको प्रवेश शुल्क रहने र विद्यार्थी र ज्येष्ठ नागरिकलाई विशेष छुटको व्यवस्था रहेको पनि आयोजकको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच