
-चञ्चल कुमार झा
रौतहट । डिप्लोमा फार्मेसीको अध्ययनको लागि होस्टेलमा बस्दै आएकी एक जना छात्रा झुण्डिएको अवस्थामा विहिवार फेला परेकी छिन् ।
रौतहटको माधवनारायण नगरपालिका वडा नम्वर ३ मा रहेको गजेन्द्रनारायण स्मृति अस्पतालमा संचालनमा रहेका डिप्लोमा फार्मेसी पहिलो बर्षमा अध्ययनरत १८ वर्षिय छात्रा आफ्नै होस्टेलको बरन्डामा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
डिप्लोमा फार्मेसी अध्ययनको लागि होस्टेलमा बस्दै आएकी छात्रा होस्टेलको बरन्डामा पासो लगाई झुण्डिएको अवस्थामा रहेको खबर प्राप्त भएपछि घटना स्थलमा प्रहरी पुगेको थियो ।
घटना स्थल गजेन्द्रनारायण स्मृति अस्पतालको होस्टेलको बरन्डामा झुण्डिएर मृत भेटिएकी छात्रा बारा जिल्लाको विश्रामपुर घर भएकी १८ बर्षीया सुमन कुमारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले हिमालय टाइम्सलाई जानकारी दिनुभयो ।
छात्रा होस्टेलको बरन्डामा पासो लगाई झुण्डिएको अवस्थामा मृत भेटिएको हुँदा घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको डिएसपी दिपककुमार रायले बताउनु भयो । मृत भेटिएकी छात्राको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको उहाँले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच