
दाङ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई दाङमा कालो झण्डा देखाइएको छ।
भट्टराई बसेको होटल सिटिप्लाजा नजिक पुगेर युवाहरूले उहाँलाई कालो झण्डा देखाउँदै प्रदर्शन गरेका हुन्।
राजावादी युवा समर्थक सन्देश भण्डारी क्षेत्रीको नेतृत्वमा रहेको टोलीले कालो झण्डा देखाउँदै प्रदर्शन गरेको हो। ‘संघीयता खारेज गर, धर्मनिरिपेक्ष खारेज गर, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा उत्रिएका व्यक्तिहरूले बोकेको कालो झण्डा प्रहरीले खोसेको छ।
भट्टराईकाविरुद्धमा नारासमेत लगाइएको थियो। यता, जिल्ला प्रहरी कार्यालय दाङले कालोझण्डा देखाइएको बारेमा अनुसन्धान भइरहेको जनाएको छ। ‘यस बारेमा बुझ्दैछौं। अनुसन्धान जारी छ,’ डिएसपी चक्रबहादुर शाहले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच