
भक्तपुर । भक्तपुरमा नयाँ वर्ष २०८२ र प्रसिद्ध विस्काः जात्राको अवसर पारेर नवौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१/०८२ आयोजना हुने भएको छ। औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजना गर्ने यो महोत्सव चैत २८ गतेदेखि बैशाख ७ गतेसम्म सल्लाघारीको तीनकुनेस्थित चौरमा सञ्चालन हुने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयाे ।
करिब १५० स्टल रहने महोत्सवमा कृषि उत्पादन, हस्तकला, औद्योगिक उत्पादन, खाद्यान्न, लत्ताकपडा, जुत्ता, मोबाइल, इलेक्ट्रोनिक्स लगायतका दैनिक उपभोग्य वस्तुहरू उपलब्ध हुनेछन्। मेलामा बिक्री गरिने सामानहरूमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जानकारी महोत्सवको संयोजक दिपक थापाले दिनुभयाे ।
महोत्सवमा बालबालिकाका लागि रोटेपिङ, ब्रेकडान्स, ड्रागन ब्रेक डान्स, नाउ, मारुती सर्कस जस्ता मनोरञ्जनात्मक खेलहरू रहने छन्। साथै, आगामी बैशाख १३ गते भक्तपुरमा विशेष सांगीतिक साँझ–२०८२ अन्तर्गत चर्चित गायक-गायिकाहरूको प्रस्तुति हुनेछ। राष्ट्रिय स्तरका कलाकारहरूको हाँस्यव्यङ्ग्य, फेशन शो, नृत्य प्रतियोगिता तथा अन्य सांस्कृतिक कार्यक्रमहरूले महोत्सवलाई अझ आकर्षक बनाउने आयोजकहरूले बताएका छन्।
औद्योगिक उत्पादन, सूचना तथा प्रविधि, अटोमोबाइल, कृषि औजार, मोबाइल तथा इलेक्ट्रोनिक्स सामानहरूको प्रदर्शनी पनि महोत्सवको मुख्य आकर्षण हुनेछ। पर्यटकीय गतिविधि तथा स्थानीय खानाका विशेष परिकारसमेत पाइने आयोजकले जनाएको छ ।
महोत्सव अवलोकन गर्न करिब ५ लाख दर्शक सहभागी हुने अपेक्षा गरिएको छ। प्रवेश शुल्क सर्वसाधारणका लागि रु। ७०, विद्यार्थीका लागि रु ५० तोकिएको छ भने ज्येष्ठ नागरिकहरूका लागि निःशुल्क व्यवस्था गरिएको
आयोजकले जानकारी दिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच