
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि राजगद्धीमा फर्काउन गठन भएको संयुक्त जनआन्दोलन समितिले बिहीबार चाबहिलको स्मार्ट पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरेको छ ।
पत्रकार सम्मेलनमा समितिका संयोजक समेत रहनुभएका नवराज सुवेदीले शुक्रबार हुन लागेकाे आन्दाेलनकाे ‘कमान्डर’ दुर्गा प्रसाईंलाई तोकिएको जानकारी गराउनु भयाे ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक रहेर झण्डै ३ वर्षदेखि आन्दोलन गर्दै आउनु भएको प्रसाईंलाई 'कमाण्डर’को जिम्मेवारी ताेकिएकाे हाे ।
पत्रकार सम्मेलनअघि प्रसाईं पूर्वराजा ज्ञानेन्द्र शाह भेट्न निर्मल निवास छिरेको चर्चा छ । भेटपछि प्रसाई नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले आयोजना पत्रकार सम्मेलनमा सामेल हुनुभएको थियो ।
पत्रकार सम्मेलनमा संयुक्त जनआन्दोलन समितिका संयोजक सुवेदीले एक हप्ताभित्र सरकारले आफ्नो शान्तीपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा आन्दोलनलाई चैत २१ गतेदेखि थप सशक्त बनाउँदै लैजाने घोषणा गर्नुभयो ।
सुवेदीले संयुक्त जनआन्दोलन समितिलाई आवश्यक सुझाव दिनको लागि डा. जगमान गुरुङको संयोजकत्वमा सल्लाहकार समिति र राप्रपा सांसद धवल समशेर जबराको संयोजकत्वमा आन्दोलन परिचालन समिति बनाइएको समेत जानकारी दिनुभयो ।
उहाँले ०४७ सालको संविधानमा टेकेर नवीन समझदारीमा आउन गणतन्त्रवादी दलहरुलाई आह्वान गर्नुभयो । २०७२ सालको संविधानमा रहेका सकारात्मक प्रावधानहरुलाई समेट्दै ०४७ को संविधानलाई आधार मानेर प्रमुख राजनीतिक पक्षहरुबीच सहमति बन्नुपर्ने आफूहरुको चाहाना रहेको उहाँको भनाइ छ ।
राजावादी समूहले शुक्रवारदेखि गर्ने आन्दोलनमा कमाण्डरको जिम्मेवारी व्यवसायी प्रसाईंले गर्ने हुनु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच