
काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२७ का वडासचिव प्रभात लामिछानेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार लामिछानेविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
जन्म दर्ता र अन्य कागजातमा जन्ममिति सच्याउनका लागि उहाँले सेवाग्राहीसँग दुई लाख ५० हजार घुस लिएको आरोप आयोगले लगाएको छ ।
उहाँले दिनेश लामिछानेको पहिलेनै दिनेश दयालु लामिछाने नामबाट जन्म दर्ता, जन्ममिति कायम गरी दर्ता भइसकेको अवस्थामा पुनः दिनेश लामिछानेको नाममा जन्म मिति र जन्म दर्ता राखी आफूले निर्वाह गर्नुपर्ने पदीय अधिकारको दुरूपयोग गरेको आयोगको ठहर छ । आयोगले दिनेश लामिछानेविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच