
काठमाडौं । समाजवादी मोर्चा र राजावादीहरूले प्रदर्शनको तयारी गरेपछि त्यसको प्रत्यक्ष प्रभाव ट्राफिक व्यवस्थापनमा देखिने भएको छ । जसको प्रत्यक्षमारमा एसईई परीक्षा दिने विद्यार्थी परेका छन् ।
यसै विषयलाई मध्यनगर गर्दै काठमाडौं महानगर प्रहरी बलले विद्यार्थीलाई गन्तव्यमा पुर्याउने भएको छ । शुक्रबार बिहान एक सूचना जारी गर्दै प्रहरी बलले गन्तव्यमा पुग्न समस्या भए सम्पर्क गर्न आग्रह गरेको छ ।
वानेश्वर क्षेत्रमा रहेका विद्यार्थीले दिनेश कुमार अर्याल (९८५१०६८०९६), रत्नपार्क क्षेत्रका विद्यार्थीलाई मनोज प्रसाद लामिछाने (९८५१०९३१७६) नयाँ बसपार्क क्षेत्रका विद्यार्थीले पूर्णचन्द्र भट्ट (९८५१२३३६३३) र टेकु क्षेत्रका विद्यार्थीले प्रकाश पण्डित (९८५१०५६३४६)लाई सम्पर्क गर्न सक्ने सूचनामा उल्लेख छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच