
रुपन्देही । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरंकुशता हुनै नसक्ने दाबी गर्नु भएको छ । उहाँले मुलुक निरंकुशतातर्फ जान सक्दैन भन्नेमा आफू प्रष्ट रहेको बताउनुभयाे ।
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा गृहमन्त्री लेखकले समाज पछाडी फर्कन नसक्ने दाबी गर्नुभयो ।
‘एक–दुईचोटी प्रयास गरिएका हुन् ।ती प्रयास नेपाली जनताले निस्तेज गरे । किनभने नेपाली जनता लोकतन्त्रमा विश्वास गर्छन्, लोकतन्त्रको मार्गमा अगाडि बढिसकेका छन्, त्यहाँबाट समाज फर्किदैन’, उहाँले भन्नु भयो, ‘सरकार परिवर्तन हुने कुरा लोकतन्त्रमा हुन्छ । तर, लोकतान्त्रिक मूल्य र मान्यतामा अभ्यस्त भइसकेको समाज निरंकुशतातर्फ जाला भन्ने मलाई लाग्दैन ।
उहाँले केही कमीकमजोरीहरु रहेको र जति काम हुनुपर्ने त्यो हुन नसक्दा मानिसमा केही चिन्ता र पीडा रहेको बताउनुभयो । त्यो चिन्ता र पीडालाई आक्रोशमा बदलेर व्यवस्थाकै विरुद्धमा प्रयोग गर्ने प्रयत्न भइरहेको उहाको भनाइ छ। यो व्यवस्थाको पक्षमा उभिन जरुरी रहेको उहाँले बताउनुभयो ।
‘हामीले सुशासन दिनुपर्छ, आर्थिक समृद्धितर्फ अगाडि बढ्नुपर्छ, नागरिकलाई सुविधा दिनुपर्छ, सेवा प्रवाहमा सहजता ल्याउनुपर्छ’उहाँले भन्नु भयो–‘जनताका पीडा र समस्या छन् । ती पीडा र समस्याको समाधान निरंकुशता होइन लोकतन्त्रमार्फत गर्ने हो ।’ कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता लेखकले कांग्रेसको नेतृत्वमा यो संविधान बनेको र संविधान र यो व्यवस्था जोगाउन सबैभन्दा ठूलो दायित्व कांग्रेसको नै भएको बताउनुभयाे ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको विषयमा गृहमन्त्री लेखकले यसमा आफूले थप टिप्पणी नगर्ने वताउनु भयो । सरकारले निर्णय गरिसकेको र आफू यो सरकारको मन्त्री भएकोले यो निर्णय बोक्ने बताउनुभयाे । ‘मन्त्रीपरिषदमा बस्दै गर्दा मन्त्रीका विभिन्न कुराहरु थिए होलान् भन्ने बुझ्नुस्’ उहाले भन्नु भयोे–त्यो कुरा अब सकिसक्यो ।’
कार्यक्रममा नेपाल शिक्षक महासंघ सिद्धार्थनगरका अध्यक्ष चर्तुभुज रेग्मी, कांग्रेस क्षेत्र नम्बर ३ का कोषाध्यक्ष कृष्ण खनाल, क्षेत्रीय प्रतिनिधि गुरचरण प्रजापति, क्षेत्रीय सह–सचिव कुल प्रसाद न्यौपाने, पर्यटन व्यवसायी संजय बजिमय, पूर्व महाधिवेशन प्रतिनिधि भरथरी यादव, युवा नेता टिका जिसी, नारायण प्रसाद कोइराला, सिद्धार्थनगर–४ का सभापति नरेन्द्र प्रसाद रौनियार, जिल्ला सदस्य ओम कुमार श्रेष्ठ, महाधिवेशन प्रतिनिधि विनय ज्ञवाली लगायतले भनाइ राख्नु भएको थियो।
कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीका सभापति सुशील गुरुङको सभापतित्व, उपसभापति सुरेन्द्रजंग थापाको स्वागत तथा क्षेत्रीय सचिव एवं प्रवक्ता लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच