
मकवानपुर । मकवानपुरमा बस र म्याजिक भ्यान एकआपसमा ठाेक्किँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा परि म्याजिक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका– ४ बस्ने ३२ वर्षीय सन्देश कोईरालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार बिहीबार ३ः१५ बजेको समयमा मनहरी गाउँपालिका–६ लोथर बजारस्थित पूर्व–पश्चिम सडक खण्डमा चितवनबाट हेटौडा तर्फ आउदै गरेको बाप्र ०३–००६ ख ५६८१न को बस र मनहरीबाट चितवन तर्फ जादै गरेको बाप्र०३–००१ च ३०१२ नं को म्याजिक गाडी (खाली) एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा म्याजिक गाडी चालक कोईरालाको खुट्टा,टाउको र शरिरहरुमा चोट लागी गंभिर घाईते भई उपचारको लागी चितवन नयाँ मेडिकल कलेज भरतपुर पठाईएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको हो।
शव तत्काल सोही अस्पतालमा रहेको र बस चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिइएको छ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच