
हामी नेपालीले हाम्रो मातृभूमि नेपाललाई नेपाली आँखाले हेर्ने ग¥यौं भने निःसन्देह यहाँ केही भएको देखिन्छ तर आजकल नेपालीहरू विश्वका विकसित राष्ट्रहरूमा छ्यापछ्याप्ती पुगेका छन् र तिनै नेपालीहरूले नेपाललाई विश्वका विकसित राष्ट्रका आँखाले हेर्ने गरेकाले यहाँ केही पनि भएको छैन भन्ने खालको भाष्य बनिसकेको देखिन्छ । हामीले हाम्रो देशको विकास र समृद्धिलाई सही र सत्य तथ्यको आधारमा हेर्न केही विचारणीय कुरामा ध्यान दिनुपर्ने हुन्छ । अनिमात्र ठीक निष्कर्षमा पुग्न सकिन्छ । अहिलेको एउटा नयाँ पुस्ता जो पढेलेखेका छन् उनीहरूले नेपाललाई धेरै पर पुगे भने पहिलो जनआन्दोलनसम्मको जानकारी राखेका हुन्छन् ।
त्यसभन्दा पहिलेको अवस्थासँग अधिकांश युवा अनभिज्ञ छन् जस्तो गरी प्रस्तुत भएको अनुमान गर्न सकिन्छ । यसर्थ विशेष गरेर २०१५ सालदेखि २०१७ साल पुस १ गतेसम्म एउटा कालखण्ड मानेर हेर्न सक्नुपर्छ भने २०१७ सालदेखि २०४६ चैत २७ सम्मको दोस्रो कालखण्डमा विभाजन गरेर समीक्षा गर्नुपर्ने देखिन्छ । त्यसपछि दोस्रो जनआन्दोलनपछि अर्थात् २०६२÷०६३ देखि हालसम्मको अवस्थाको विकास, समृद्वि अनि नेपालीहरूको जीवन पद्धतिको तथ्य र यथार्थपरक तुलनात्मक समीक्षा गरेकाखण्डमा निश्चय हाम्रो विकास प्रयास र प्राप्त गरेका उपलब्धिको ठीक ढंगले मूल्यांकन गर्न सक्छौं र आफ्नै माटोप्रसत न्यायोचित समीक्षा गरेको ठहरिन्छ । अन्यथा नेपाली जनताको बलिदानिपूर्ण योगदानको कदर गर्न नसकेको मानिनेछ ।
हामीले हाम्रै माटोको आँखाले हेर्दै हालसम्मको विकास र समृद्धि अनि विकृतिको इमानदार ढंगले मूल्यांकन गर्दै साथै खबरदारी गर्दै अघि बढ्नुपर्ने दायित्व नयाँ पुस्तामा आएको छ । हामीले हाम्रो विकास र समृद्धिलाई हाम्रै आँखाले हेरेमात्रै सही टुंगोमा पुग्न सकिन्छ भन्ने विश्वासका साथ अघि बढ्नु अहिलेको आवश्यकता हो ।
यद्यपि प्रजातन्त्र पुनःस्थापनादेखि गणतन्त्रसम्म आइपुग्दा पक्कै कमीकमजोरी भएका छैनन् भन्न सकिँदैन तथापि यसको मतलब यो प्रणाली नै खराब भन्नु अलि न्यायोचित हँुदैन कि यसकारण नेपालको हालको शासन प्रणाली र यसले प्राप्त गरेका आर्थिक, सामाजिक, राजनीतिक र अन्य प्रकारका उपलब्धिको मूल्यांकन, समीक्षा नेपाली आँखाले गर्नुपर्छ । तबमात्र हामीले गरेको मूल्यांकन यथार्थ रूपमा पुष्टि हुनसक्छ । होइन राजनीतिक आग्रहरपूर्वाग्रह राखेर गरिने समीक्षात्मक मूल्यांकन कति ठीक कति बेठीक होला त्यतातिर पनि सोच्ने हो कि ।
२०४६ सालभन्दा पहिले र अहिलेको शिक्षा, स्वास्थ्य, सञ्चार, सडक सञ्जाललगायत अन्य भौतिक विकासको तुलनात्मक अध्यायन र विश्लेषण आवश्यक देखिन्छ । यदि त्यसरी नै हेर्ने गरेको खण्डामा निश्चय यथार्थ र वस्तुनिष्ठ निष्कर्षमा पुग्न सक्छौं भन्ने लाग्छ । अतः विश्वमा भए/गरेका प्रगतिलाई ध्यानमा राखेर हाम्रो सन्दर्भमा गरिने वा गरिएका मूल्यांकन, समीक्षा कति सत्य र तथ्यको नजिक छन् यो विचारणीय कुरा हो ।
आजभोलि विश्व एउटा गाउँजस्तै बनेको स्थितिमा नेपालीहरू पनि दुनियाँको सबै खाले मुलुकमा पुगेका छन्, तत्–तत् देशका विकास र समृद्धिसँग नजिकबाट परिचित छन् । कतिपय मुलुकको विकास र समृद्धिबाट लालायित भएर आफ्नो मातृभूमिमा यस्तै बैभव, समृद्धि भइदिए हुन्थ्यो भनेर यहाँका राजनीतिक नेतृत्व र प्रणालीलाई घच्घक्याउनु अवश्य खाँचो छ । यतिसम्मको सचेत गराउनु वा खबरदारी गराउनु एउटा सचेत र जागरुक नागरिकको हैसियतले आवश्यक पर्छ । अग्रगामी राजनीतिका नाम देखिएका केही पार्टीका शीर्ष नेतृत्वहरूमा देखिएका विचलन, विसंगति, विकृतिले आमनागरिकमा देखापरेको असन्तुष्टिका कारण मुलुकलाई पछाडि फर्काउने जुन प्रयास भइराखेको छ त्यो ठीक/बेठीक छुय्ट्याउनुपर्ने बेला आएको छ ।
त्यसका लागि हामीले हाम्रै माटोको आँखाले हेर्दै हालसम्मको विकास र समृद्धि अनि विकृतिको इमानदार ढंगले मूल्यांकन गर्दै साथै खबरदारी गर्दै अघि बढ्नुपर्ने दायित्व नयाँ पुस्तामा आएको छ । हामीले हाम्रो विकास र समृद्धिलाई हाम्रै आँखाले हेरेमात्रै सही टुंगोमा पुग्न सकिन्छ भन्ने विश्वासका साथ अघि बढ्नु अहिलेको आवश्यकता हो । आजका नयाँ पुस्ता संसारका कुनाकाप्चामा विभिन्न कामको खोजी वा अन्य कुनै सन्दर्भमा पुगेका छन्, ती सबैको आफ्नो मातृभूमिप्रतिको प्रेमले ओतप्रोत पनि छन् ।
नेपालको विकास प्रयासलाई नेपाली आँखाले हेरेमा यहाँ केही नभएको भन्ने सत्य होइन धेरै भएको छ तर त्यसको यथार्थ र वस्तुनिष्ट बहस, छलफल र समीक्षा गरौं । अनिमात्र सही सत्य बाटो पहिल्याउने छौं । त्यसका लागि नेपाललाई नेपाली आँखाले हेर्ने र बुझ्ने कोसिसतिर लागौं ।
त्यसैले हामीले देशप्रति गरिने कुनै पनि टीकाटिप्पणी भरसक सकारात्मक र पछाडि फर्कन चाहानेलाई बल नपुगोस् भनी सचेत हुन जरुरी छ तर खबरदारी भने गर्नैपर्ने अवस्था विद्यमान छ । २१औं शताब्दीका नेपाली मनहरू पछाडि फर्कने अवस्था सिद्धान्ततः नदेखिए पनि परिस्थिति त्यति सहज भने देखिँदैन । नेपालको ठूलो र शिक्षित जनसंख्या विदेश पलायन छ । कति बाध्यत्मक अवस्थाले गएका छन् कतिपय स्वेच्छाले विदेशिएका छन् तर ती सबै नेपाली युवा देशप्रेमको भावनाले अभिप्रेरित भएर कुनै न कुनै ढंगले चिन्ता प्रकट गरिरहेको पाइन्छ । जुन अत्यन्तै सराहनीय कार्य हो तर नेपालीहरू रैतीबाट नागरिक बनेकाहरू पुनः रैैती बन्ने स्थिति आउन दिनु हुँदैन भन्नेतर्फ भने सचेत रहनै पर्छ ।
विदेशमा बसेर नेपाललाई हेर्ने दृष्टिकोण नेपाली आँखाले हेर्न नबिर्सौं । अमेरिका, अष्ट्रेलिया, क्यानडा, युरोप, खाडीका मुलुक र यस्तै अन्य देशको भौतिक विकासबाट प्रभावित भएर भावनामा बहकिएर नेपालको राजनीतिक प्रणालीको नकारात्मक टीकाटिप्पणीले प्रतिक्रियावादीलाई फाइदा पुग्ने निश्चित छ । हो एउटा कुरा के सत्य हो भने गणतन्त्रमा माथिल्लो तहका नेतृत्वहरू भ्रष्टाचारमा लिप्त भएको कुरा विभिन्न समाचार स्रोतबाट बाहिर आएको छ । त्यसमा कति सत्यता छ त्यो खोजको विषय बनाइनुपर्छ तर सत्तामा बसेर राज्य स्रोतको दोहन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै गणतन्त्रको सुदृढीकरण गर्नु आजको आवश्यकता हो ।
त्यसैले भ्रष्ट नेतहरूलाई दूधको तरमा परेको झिँगो टिपेर फाले झैँ फाल्ने हो दूधको कुडे नै फाल्ने होइन । भ्रष्टहरूलाई कानुनी कठघरामा ल्याएर कारबाही गर्ने हो तर अहिलेको आफैंमा उत्कृष्ट शासन प्रणाली जोगाउनेतर्फ लाग्नुपर्ने उत्तम विकल्प छोड्नु हुँदैन । सम्मानित नागरिक बनिसकेका नेपाली पछाडि फर्केर फेरि रैती बन्नु किमार्थ बुद्विमानी होइन । तथापि गणतन्त्रको नाममा लुट्तन्त्र स्वीकार्य हँुदैन । यो लोकतान्त्रिक गणतन्त्र त्यति सजिलै प्राप्त भएको होइन । धेरै नेपाली सपूतहरूको संघर्षपूर्ण बलिदानीबाट प्राप्त भएको हो भन्ने हेक्का राख्नै पर्छ । नेपालको राजनीतिमा विदेशमा बस्नेहरूको ठूलो र प्रभावकरी भूमिका प्रष्ट देखिन्छ ।
कुन पार्टीलाई राज्यसत्ताको बागडोर सम्हाल्न दिने भन्ने कुरामा आफ्नो अन्तरआत्माले जे भन्छ त्यही गर्ने हो तर खेलाडीले खेल्न सकेन वा जानेन भनेर खेलमैदान नै ध्वस्त पार्नु विवेकपूर्ण कार्य होइन । ताजा राजनीतिक घटनाक्रमले त्यतैतिर दिशानिर्देश गरे जस्तो छनक देखिँदै छ । कमीकमजोरी कहाँनेर भएजस्तो लाग्छ कि प्रजातन्त्र पुनःस्थापना पश्चात्का विकास प्रयासका उपलब्धि जनतामाझ पु¥याउन नसक्नु हो । प्रजातन्त्रको पुनरबहालीपछिका जति सकारात्मक उपलब्धि भएका छन् तिनको जनताबीच जुन भ्रम छरिएको वा पर्न गएको छ त्यसलाई चिर्न नसक्नु गणतन्त्रवादीहरूको कमजोरी हो ।
यस सन्दर्भमा एउटा कारण यो हुनसक्छ कि भ्रष्टाचारमा चुर्लुम्म डुबेको उच्च नेतृत्वले जनतामा पर्न गएको भ्रम चिर्न हिम्मत नै गर्न सकेका छैनन् । यही मौका छोपेर पुरातनवादीहरूले मुलुकलाई पछाडि फर्काउने चेष्टा गरिरहेका छन् । यस कार्यमा धमिलो पानीमा माछा मार्न पल्केकाहरू किन चुक्थ्ये र ? आफ्ना दह्रा नंग्राहरू फैल्याइहालेका छन् । त्यसैले नेपालमा भएगरेका कामको सत्य, तथ्य जे छ त्यसलाई बंग्याई टिंग्याई भ्रम हुने खालका समाचारहरूको फाइदा रैती मानसिकता भएकाहरू लिन उद्दत छन् । वीरेन्द्र राजाको वंशनासपछि घटनाक्रमले राजा भएका ज्ञानेन्द्र शाहका मतियारहरूको चुरिफुरी निकै देखिएको छ ।
यदि यो चुरिफुरीलाई निस्तेज पार्न सकिएन भने मुलुक फेरि द्वन्द्वमा जानसक्ने सम्भावनालाई नकार्न सकिँदैन । यसर्थ नेपालको विकास प्रयासलाई नेपाली आँखाले हेरेमा यहाँ केही नभएको भन्ने सत्य होइन धेरै भएको छ तर त्यसको यथार्थ र वस्तुनिष्ट बहस, छलफल र समीक्षा गरौं । अनिमात्र सही सत्य बाटो पहिल्याउने छौं । त्यसका लागि नेपाललाई नेपाली आँखाले हेर्ने र बुझ्ने कोसिसतिर लागौं
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच