
पछिल्लो समय नेपालमा पनि राइड सेयरिङ सेवा लोकप्रिय बन्दै गएको छ । राइड सेयरिङ कम्पनीहरूकै कारण यात्रुले प्रतिस्पर्धी भाडादरमा सुरक्षित यात्राको अनुभूति गर्न पाएका छन् भने चालकहरूले यात्रु नपाएर भाैतारिनुपर्ने अवस्था पनि अन्त्य भएको छ । समग्रमा भन्नुपर्दा राइड सेयरिङ सेवाप्रति यात्रु र चालक दुवै सन्तुष्ट देखिएका छन् । पवितनन्दा आनन्द ग्लोबल मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इनड्राइभकी एसिया प्यासिफिक (एपिएसी) क्षेत्रकी कम्युनिकेसन लिड हुनुहुन्छ । पब्लिक रिलेसन्स तथा कम्युनिकेसन क्षेत्रमा १५ वर्षभन्दा बढी अनुभव हासिल गर्नुभएकी उहाँले नेपाल, भारत, पाकिस्तान, इण्डोनेसिया, मलेसिया र फिलिपिन्सलगायतमा इनड्राइभको सुरुवात र विस्तारमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।
यात्रु र चालकको सुरक्षाका लागि इनड्राइभले के-कस्ता उपाय अपनाएको छ ?
इनड्राइभले सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको छ । कुनै पनि प्रयोगकर्ताद्वारा गरिने आपत्तिजनक वा गैरकानुनी गतिविधिप्रति इनड्राइभको शून्य सहनशीलताको नीति छ । विशेषगरी महिला प्रयोगकर्ताका लागि सुरक्षित र सहज यात्रा अनुभव सुनिश्चित गर्नु इनड्राइभको प्रमुख उद्देश्य हो । प्रयोगकर्ताको हरेक यात्रा सुरक्षित बनाउन इनड्राइभले विभिन्न सुरक्षा सेवा प्रदान गरेको छ ।
जस्तै सुरक्षा एप । सुरक्षा एपको मुख्य स्क्रिनमा रहेको शिल्ड आइकनमार्फत् आपत्कालीन अवस्थामा इनड्राइभ सपोर्ट, आफ्नो आपत्कालीन सम्पर्क, प्रहरी वा एम्बुलेन्स सेवासँग तुरुन्तै सम्पर्क गर्न सकिन्छ । त्यसैगरी ट्रस्टेड कन्ट्याक्टमार्फत् प्रयोगकर्ताले आपत्कालीन अवस्थामा सम्पर्क गर्न सकिने विश्वासिलो व्यक्तिको फोन नम्बर एपमा सेभ गर्न सक्छन् । ती नम्बरहरू सेवाका बेला वा कुनै पनि समयमा थप्न सकिन्छ ।
त्यस्तै, राइड सेयर गर्ने सुविधाअन्तर्गत यात्रु र चालक दुवैले आफ्नो यात्रासम्बन्धी जानकारी साथी वा परिवारसँग सेयर गर्न सक्छन्, जसबाट रूट, चालक वा यात्रुको विवरण तथा सवारी साधनको अवस्थाबारे वास्तविक समयमै जानकारी पाउन सकिन्छ । रेटिङ तथा फिडब्याक प्रणालीअन्तर्गत इनड्राइभ एपमा चालक वा यात्रुको मूल्यांकन (रेटिङ) गर्ने सुविधा छ, जसले सुरक्षित र भरपर्दो सेवा सुनिश्चित गर्न मद्दत गर्छ । कुनै समस्या परेमा प्रयोगकर्ताले इनड्राइभ सपोर्टसँग सम्पर्क गर्न सक्छन् । उल्लेखित सुविधाहरूलाई एकीकृत गरी इनड्राइभले यात्रु तथा चालक दुवैलाई सुरक्षित र आत्मविश्वाससाथ सेवा प्रयोग गर्न सक्षम बनाएको छ ।
इनड्राइभले चालक तथा यात्रु बीमाको व्यवस्था गरेको छ ?
चालक र यात्रुलाई दुर्घटना बीमा सुविधा प्रदान गर्न इनड्राइभले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग सहकार्य गरेको छ । इनड्राइभले यात्रु र चालकको वित्तीय सुरक्षा सुनिश्चित गर्दै दाबी प्रक्रिया पनि छिटो, सहज र निर्वाध बनाएको छ । दुर्घटनापीडितहरूले अनावश्यक ढिलाइबिना क्षतिपूर्ति प्राप्त गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो ।
यस सहकार्यले सुरक्षा र सेवाको उच्च मापदण्ड कायम राख्न योगदान पुर्याउनुका साथै प्रयोगकर्ताको सुरक्षाप्रति इनड्राइभको प्रतिबद्धता झल्काउँछ । नेपालमा बढ्दो राइड सेयरिङ सेवाका लागि यस्तो पहल महत्वपूर्ण छ, जसले सेवाप्रदायक र प्रयोगकर्ताबीचको विश्वास बढाउन मद्दत गर्छ । स्थापित बीमा कम्पनीसँगको सहकार्यले इनड्राइभलाई आफ्ना चालक र यात्रुलाई आवश्यक सुरक्षा कभरेज प्रदान गर्न र नेपालको कानुनी व्यवस्था पालना गर्न सघाएको छ ।
कस्ता प्रकारका दुर्घटना बीमा कभरेज हुन्छन् ?
कभरेजले दुर्घटनाका कारण हुने सम्भावित मृत्यु, स्थायी अशक्तता र घाइतेको उपचार खर्चको क्षतिपूर्ति प्रदान गर्छ । यात्रु वा चालकको मृत्यु वा स्थायी अशक्तता भएमा आठ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइन्छ । दुर्घटनाका कारण उपचार आवश्यक परेमा इनड्राइभले ८० हजार रुपैयाँसम्मको उपचार खर्च पुनः भुक्तानी (रिइम्बर्समेन्ट) प्रदान गर्छ भने नाबालिक यात्रुका लागि बीमा रकमको ५० प्रतिशत क्षतिपूर्ति प्रदान गरिन्छ । यो बीमा सुविधाले इनड्राइभप्रति प्रयोगकर्ताको आत्मविश्वास र भरोसा बढाउन महŒवपूर्ण भूमिका खेल्छ । वित्तीय सुरक्षाको प्रत्याभूति दिएर इनड्राइभले यात्रु र चालकलाई सम्भावित जोखिमको चिन्ताबिना सुरक्षित यात्राको वातावरण सिर्जना गर्न प्रेरित गर्ने लक्ष्य लिएको छ ।
दुर्घटना बीमामा सहभागी हुने र सुविधा प्राप्त गर्ने मापदण्ड के हुन् ?
इनड्राइभमा बुक गरिएका सबै यात्रु तथा चालकहरू स्वचालितरूपमा दुर्घटना बीमा कार्यक्रममा समावेश हुन्छन् । इनड्राइभ एपमार्फत् राइड बुक गरेपछि दुर्घटना बीमा स्वतः सक्रिय हुन्छ । तर, यस्तो सुविधा केवल इनड्राइभ प्लेटफर्ममा बुक गरिएका राइडमा मात्र लागू हुनेछ । चालक र यात्रुबीचको कुनै व्यक्तिगत वा अफलाइन राइडमा लागू हुँदैन । चालक र यात्रु दुवै आधिकारिकरूपमा इनड्राइभमा दर्ता भएको हुनुपर्छ । बीमा दाबी गर्न यात्रुले इनड्राइभ एपमार्फत् राइड बुक गरेको हुनुपर्छ र इनड्राइभको राइड नीतिको पालना गर्नुपर्छ । यस प्रणालीले अतिरिक्त कागजी कार्यबिना नै बीमा कभरेज प्रदान गर्ने भएकाले चालक तथा यात्रु दुवैले सहजरूपमा भुक्तानी पाउनेछन् ।
इनड्राइभले आपत्कालीन अवस्थाहरू कसरी व्यवस्थापन गर्छ ? के एपमा एसओएस बटन वा आपत्कालीन सम्पर्कको सुविधा छ ?
इनड्राइभमा आपत्कालीन अवस्थाका लागि विभिन्न सुरक्षा सुविधा उपलब्ध छन् । तीमध्ये शिल्ड आइकनसहितको सेफ्टी बटन प्रमुख हो, जसबाट विभिन्न सेवा लिन सकिन्छ । तत्काल सहायताका लागि कुनै आपत्कालीन अवस्थामा यात्रुले सेफ्टी बटनमा ट्याप गरेर २४ सै घण्टा उपलब्ध इनड्राइभ सपोर्ट टिमसँग सम्पर्क गर्न सक्छन् । प्रयोगकर्ताले सेफ्टी बटनमार्फत् प्रहरी, एम्बुलेन्सलगायत आवश्यक सेवाप्रदायकसँग सिधा सम्पर्क गर्न सक्छन् । त्यस्तै, यात्रु वा चालकले इनड्राइभ एपमा आफ्नो विश्वासपात्रको फोन नम्बर सेभ गर्न सक्छन्, जसले आपत्कालीन अवस्थामा उनीहरूसँग तुरुन्त सम्पर्क गर्न सजिलो हुन्छ । यी सुविधाहरू इनड्राइभ प्रयोगकर्तालाई आवश्यक परेका बेला तुरुन्त सहायता उपलब्ध गराउन डिजाइन गरिएका हुन् ।
इनड्राइभमा चालकहरूको पृष्ठभूमि जाँच र प्रमाणीकरण प्रक्रिया कस्तो छ ?
राइड–हेलिङ सेवालाई सुरक्षित र भरपर्दो बनाउन इनड्राइभले चालकहरूलाई आफ्नो प्लेटफर्ममा सूचीकृत गर्नुअघि विस्तृत प्रमाणीकरण प्रक्रिया अपनाउँछ । जस्तै, पहिचान प्रमाणीकरणअन्तर्गत चालकले नेपाल सरकारद्वारा जारी गरिएको आधिकारिक परिचयपत्र, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र अन्य आवश्यक व्यक्तिगत विवरणहरू पेश गर्नुपर्छ । त्यस्तै, चालक अनुमतिपत्र जाँच पनि हुन्छ । इनड्राइभले सबै चालकसँग वैध, अनुमति प्राप्त र आधिकारिकरूपमा स्वीकृत चालक अनुमतिपत्र तथा अन्य कानुनी आवश्यकता पूरा भए नभएको सुनिश्चित गर्छ । चालकको सवारी साधन राम्रो अवस्थामा छ वा छैन, सुरक्षा मापदण्ड पूरा भएको छ वा छैन तथा आवश्यक आधिकारिक कागजात अद्यावधिक छन्, छैनन् भन्नेबारे परीक्षण गरिन्छ ।
त्यसैगरी आपराधिक रेकर्ड पनि जाँच हुन्छ । यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै इनड्राइभले चालकहरूको आपराधिक पृष्ठभूमि जाँच गर्छ, ता कि कुनै गम्भीर अपराधमा संलग्न व्यक्तिहरूलाई सेवा सञ्चालन गर्न नदिइयोस् । निरन्तर अनुगमन हुन्छ । प्रारम्भिक स्वीकृतिपछि पनि इनड्राइभले यात्रुको प्रतिक्रिया र राइड हिस्ट्रीका आधारमा चालकको निगरानी गरिरहन्छ । अत्यधिक गुनासा वा नकारात्मक मूल्यांकन भएमा आवश्यक कारबाही गरिन्छ । जसमा कसुरका आधारमा चालकलाई अस्थायीरूपमा निलम्बन गर्ने वा स्थायीरूपमा प्लेटफर्मबाट हटाउने निर्णयसमेत हुन सक्छ । यो प्रणालीले केवल योग्य, जिम्मेवार र विश्वासिला चालकलाई मात्र सेवा सञ्चालन गर्ने सुनिश्चित गर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच