
भक्तपुर । भक्तपुरमा नयाँ वर्ष २०८२ र प्रसिद्ध बिस्काः जात्राको अवसर पारेर नवौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१/०८२ आयोजना हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले आयोजना गर्ने महोत्सव चैत २८ गतेदेखि वैशाख ७ गतेसम्म सल्लाघारीको तीनकुने चौरमा सञ्चालन हुने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो ।
करिब १५० स्टल रहने मेलामा कृषि उत्पादन, हस्तकला, औद्योगिक उत्पादन, खाद्यान्न, लत्ताकपडा, जुत्ता, मोबाइल, इलेक्ट्रोनिक्सलगायतका दैनिक उपभोग्य वस्तु उपलब्ध रहनेछन् भने २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जानकारी महोत्सवका संयोजक दिपक थापाले बताउनुभयो ।
मेलामा बालबालिकाका लागि रोटेपिङ, ब्रेकडान्स, ड्रागन ब्रेक डान्स, नाउ, मारुती सर्कस जस्ता मनोरञ्जनात्मक खेलहरू रहनेछन् । साथै, आगामी वैशाख १३ गते भक्तपुरमा विशेष सांगीतिक साँझ-२०८२ अन्तर्गत चर्चित गायक-गायिकाको प्रस्तुति रहनेछ । राष्ट्रियस्तरका कलाकारहरूको हास्यव्यंग्य, फेशन शो, नृत्य प्रतियोगिता तथा अन्य सांस्कृतिक कार्यक्रमले महोत्सवलाई अझ आकर्षक बनाउने आयोजकले जनाएको छ ।
औद्योगिक उत्पादन, सूचना तथा प्रविधि, अटोमोबाइल, कृषि औजार, मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको प्रदर्शनी पनि मेलाका मुख्य आकर्षण हुनेछन् । पर्यटकीय गतिविधि तथा स्थानीय खानाका विशेष परिकारसमेत पाइने आयोजकले जनाएको छ । मेला करिब पाँच लाखले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ । प्रवेश शुल्क सर्वसाधारणका लागि ७०, विद्यार्थीका लागि ५० तोकिएको छ भने ज्येष्ठ नागरिकका लागि निःशुल्क हुने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच