सर्लाही । सर्लाहीमा संचार क्षेत्रको विकासमा प्रदेश सांसद तथा प्रदेशका पुुर्व मन्त्री बेच्चि लुङगेलीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। चार संघीय र आठ प्रदेश सभा क्षेत्र रहेको सर्लाहीबाट १२ जना प्रदेश सांसद निर्वाचित भए पनि सांसद लुङगेलीले विशेष रूपमा संचार क्षेत्रको प्रवर्द्धनमा योगदान पुर्याएका छन् ।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाको भवन निर्माणका लागि सांसद लुङगेलीले आफ्नो संसदीय विकास कोषबाट २५ लाख रुपैयाँ प्रदान गरेको महासंघका पूर्व अध्यक्ष टंक बहादुर क्षेत्रीले बताउनुु भयो । अनुसार उक्त रकमले लालबन्दी-१, नवलपुरमा महासंघको भवन निर्माणका लागि जग हाल्ने कार्य पूरा भइसकेको छ। क्षेत्रीले भवन निर्माणपछि पत्रकारिता क्षेत्रका कार्यहरू गर्न सहज हुनुका साथै सामाजिक गतिविधिमा समेत सहयोग पुग्ने बताउनु भयो ।
त्यस्तै, सांसद लुङगेलीले सर्लाहीको लोकप्रिय सामुदायिक रेडियो रेडियो एकता को भवन निर्माणका लागि आर्थिक वर्ष २०६६/०६७ मा १० लाख रुपैयाँ सहयोग गरेका थिए। रेडियोका संस्थापक अध्यक्ष बेनी बहादुर कार्कीका अनुसार सांसद लुङगेलीको सहयोगबाट अहिले साढे चारतले भवन निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको छ । यसअघि भाडाको घरबाट सञ्चालन हुँदै आएको सामुदायिक रेडियो एकता अब आफ्नै भवनबाट सञ्चालनमा आएको छ । रेडियोका अध्यक्ष गोबिन्द बहादुर महतका अनुसार सांसद लुङगेलीले प्रदान गरेको सहयोगले जग बसाल्ने काम सम्पन्न भएपछि भवन निर्माणको उत्साह थपिएको थियो, जसका कारण आज सामुदायिक रेडियो एकता आफ्नै भवनबाट सञ्चालन हुन सफल भएको छ । अध्यक्ष महतले संचार माध्यमहरू आर्थिक अभावका कारण संकटमा रहेका बेला तीनै तहका सरकारले संचार क्षेत्रलाई आवश्यक सहयोग पुर्याउनुपर्ने बताउनु भयो ।
यसैबीच, सांसद लुङगेलीले चालु आर्थिक वर्षमा पनि नेपाल पत्रकार महासंघ सर्लाही शाखाको अपूरो भवन निर्माणका लागि पुनः २५ लाख रुपैयाँ उपलब्ध गराएका छन्। महासंघका अध्यक्ष ओम प्रकाश ठाकुरका अनुसार लालबन्दी-१, नवलपुरमा रहेको अधुरो भवन निर्माण सम्पन्न गर्न यो रकम महत्वपूर्ण हुने बताउनु भएको छ। सांसद लुङगेलीको निरन्तर सहयोगले सर्लाहीको संचार क्षेत्रमा नयाँ आयाम थपिएको छ । संचार माध्यमहरूको सुदृढीकरणले जिल्लाको समग्र विकासमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच