काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राजावादी समूहले तीनकुनेमा गरेको सभालाई अराजकताहरुको संज्ञा दिनुभएको छ ।
समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शुक्रवार काठमाडौंमा गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले तीनकुने प्रतिगामी र निरङ्कुशतावादीहरुको प्रतिकजस्तो बनेको टिप्पणी गर्नुभयो । उहाँले घरमा आगो र प्रहरीमाथि समेत ढुंगा प्रहार गरेकोप्रति आपत्ति जनाउँदै एक/दुई मान्छे मारेर देशभर आतंक फैलाउन चाहेको आरोप लगाउनु भयो ।
उहाँले आतंक फैलाउनु राजावादीहरुको चरित्र भएको तर्क गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘कुकुरको पुच्छर १२ वर्ष ढुंग्रोमा राखे पनि बाङ्गाको बाङ्गै भनेजस्तै अहिले त्यहाँको सभा मण्डले अराजकताको पराकाष्ठ भएको छ । तीनकुने अहिले मण्डले अराजकताको ।
सबै प्रतिगामी, निरङ्कुशतावादीहरुको एउटा प्रतिक जस्तो बनेर देखिएको छ । त्यहाँ घरमा आगो लगाएका छन् मण्डलेहरुले, त्यहाँ पुलिसमाथि ढुङ्गा प्रहार गरेका मण्डलेहरुले । एकदुई जना मरुन् र देशभर आतंक फैलियोस् भन्ने चाहेका छन् त्यो राजावादीहरुको चरित्र हो । हामी लाखको वरिपरि जम्मा छौं । त्यसकारण आजै तुलना गर्नुस् गणतन्त्रवादीहरुको चरित्र र राजावादी मण्डलेहरुको चरित्र आजै चैत्र १५ गते सम्पूर्ण नेपाली जनताले देख्नेगरी र बुझ्नेगरी काठमाडौंमा प्रदर्शित भयो ।’
इतिहासलाई पछाडि फर्काउने दुःशााहस नगर्न उहाँको चुनौती छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र