
काठमाडौँ । काठमाडौँको तीनकुनेमा निषेधित क्षेत्र तोड्दै केही प्रदर्शनकारीहरुले केही घरमा तोडफोड तथा आगजनी गरेका छन् ।
त्यसक्रममा आन्दोलनकारी र प्रहरीबीच झडप समेत भएको छ ।
प्रदर्शनकारीहरुले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा भने लुटपाट र तोडफोड गरेका छन् ।
सुरक्षागार्डलाई हातपात गर्दै प्रदर्शनकारीको एक समूह भाटभटेनी सुपरस्टोर भित्र प्रवेश गरेको थियो । त्यसपछि लुटपाट गर्दै सामान बाहिर निकालेर आगजनी समेत गरेको हो ।
भाटभटेनीको परिसरमा राखिएको फलफूलसँगै विभिन्न सामान लुटिएका छन्।
यसअघि, सोही समूहले तीनकुने नजिकै आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा आगजनी गरेको थियो।
राजसंस्था समर्थित प्रदर्शनकारीले आगजनी र तोडफोड गर्दै निषेधित क्षेत्रतर्फ अघि बढेपछि प्रहरीसँग झडप भएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । “प्रहरीले संयमित भएर आफ्नो कर्तव्य निर्वाह गरेको छ”, उहाँले भन्नुभयो, “प्रदर्शनकारीहरुले केही घरमा आगजनी र तोडफोड गरेका छन्, क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।” झडपका क्रममा केही प्रहरी र प्रदर्शनकारी घाइते समेत भएका छन् ।
निषेधित क्षेत्र तोडेर प्रदर्शनकारी अगाडि बढ्न थालेपछि प्रहरीले स्थितिलाई सामान्य बनाउन पानीको फोहोरा र अश्रुग्यास प्रयोग गर्नुपरेको थियो । त्यसअवसरमा प्रदर्शनकारीले निजी सवारीसाधन प्रयोग गरी प्रहरीको घेरा तोड्दै निषेधित क्षेत्रमा प्रवेश गरेको उहाँले उल्लेख गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच