
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
आज बेलुकी ८ बजे बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाइएको बताइएको छ ।
राजावादी समूहको प्रदर्शन हिंसात्मक भएपछि थप निर्णय लिन मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको हो ।
यसअघि सुरक्षा समितिको बैठक समेत बसेको थियो ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईँको नेतृत्वमा राजावादीहरुले आज तीनकुनेमा प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरेका थिए ।
राजावादीको कार्यक्रम सुरु हुनुभन्दा पहिला नै प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी भएको थियो। प्रसाईं स्वयमले चलाएको गाडीले प्रहरी घेरा तोडेपछि र सुरक्षाकर्मीमाथि ढुंगामुडा भएपछि प्रहरीले अश्रुग्याँस प्रहार गर्नुका साथै हवाई फायर समेत गरेको थियो । प्रदर्शनकारीले निजी भवनसहित एकीकृत समाजवादीको पार्टी कार्यालयमा समेत क्षति पुर्याएका छन् । यसैगरी उनीहरुले सवारी साधनमा पनि आगजनी गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच