काठमाडौं । कर्फ्यू आदेश पालना गराउन तीनकुने–बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको छ ।
कर्फ्युमा मुख्य रूपमा सेनाले कमान्ड सम्हाल्ने गर्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी ‘ब्याक सपोर्ट’ मा खटिने छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर–तिनकुने क्षेत्रमा अपरान्ह ४ः२५ बजेदेखि रातिको १० बजेसम्मको लागि कर्फ्यू लगाएको छ । राजवादी समूहको आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रशासनले कर्फ्यू लगाएको हो ।
गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म कर्फ्यू आदेश जारी गरिएको छ ।






राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र