
काठमाडौं । गृह मन्त्रालयले राजावादी आन्दोलन विशुद्ध हिंसा, अमानवीय र लुटपाटको लागि गरिएको आन्दोलन भएको आरोप लगाएको छ ।
शुक्रवार साँझ गृह मन्त्रालयमा पत्रकार सम्मेलनमा गृह मन्त्रालयका सहसचिव छवि रिजालले आजको आन्दोलन राजनीतिक उद्देश्यबाट नरहेको कारण अगामी दिनमा सरकार संयमित भएर नबस्ने बताउनु भयो ।
उहाँले राजावादीको हिंसात्मक आन्दोलनका क्रममा भएको क्षतिको जिम्मेवार व्यवसायी दुर्गा प्रसाईं रहेको बताउनु भयो ।
आन्दोलनको नेतृत्व लिएको कारण घटनाप्रति प्रसाईं जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ ।
उहाँले हिंसात्मक र लुटपातको कार्यमा संलग्न जोसुकै भएपनि कानूनी दायरामा ल्याइने बताउनु भयो ।
उहाँका अनुसार राजावादीको तीनकुने आन्दोलनमा झडप हुँदा १५ जना सुरक्षाकर्मीसहति ३० जना घाइते भएका छन् । त्यस्तै एक जनाको मृत्यु भएको छ । भौतिक क्षतिको पूर्ण विवरण आइनसकेको र संकलनको कार्य भइरहेको समेत उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीलाई प्राप्त जानकारीअनुसार आन्दोलनको नेतृत्व दुर्गा प्रसाईंले गरेको हुनाले मुलभूत रुपमा उहाँ नै आजका यो घटनाप्रति जिम्मेवार हुनुहुन्छ । र आज जति पनि क्षति भएको छ । यो क्षतिको पुर्ण जिम्मेवारी पनि आयोजकको तर्फबाट उहाँले लिनुपर्छ । मान्छेहरु तत्काल पक्राउ पर्लान र छुटिहाल्छन् भन्ने स्थिति चाँही छैन । अहिलेसम्म हामीलाई प्राप्त विवरणअनुसार १५ जना सुरक्षाकर्मी घाइते हुनु भएको छ । प्रदर्शनकारीको तर्फबाट समेत १५ जना घाइते हुनु भएको छ । भौतिक क्षतिको पूर्ण विवरण आइसकेको छैन । तीनकुने क्षेत्रमा धेरै व्यक्तिहरुको घरमा ढुंगामुडा भएको छ । केही सरकारी सवारी साधनमा समेत आगजनी भएको छ । जडिबुटिमा रहेको जडिबुटि प्रोधन केन्द्रको कम्पनीमा पनि आगजनी भएको छ । यो एकदमै अमर्यादित र अमानवीय कार्य हो । यस्तै भएको अवस्थामा सरकार अगामि दिनमा संयमित भएर बस्दैन ।’
व्यक्तिका निजी सम्पती, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत यातायातका साधनहरूमाथि भएको तोडफोड र आगजनीका अमानवीय एवं अमर्यादित घटनाहरू गैरकानूनी तथा घोर भत्र्सनायोग्य गर्दै मन्त्रालयले हिंसात्मक एवं आपराधिक घटना गर्ने गराउने कार्यका लागि प्रदर्शनका आयोजकनै पूर्ण रुपमा जिम्मेवार रहेको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच