काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राति भएको खेलमा मुम्बई इन्डियन्सविरुद्ध गुजरात टाइटन्सले ३६ रनको जित निकालेको छ। यो मुम्बईको लगातार दोस्रो हार हो भने गुजरातको पहिलो जित हो। पहिलो खेलमा गुजराजत पञ्जाब किंग्ससँग ११ रनले पराजित भएको थियो। पहिलो खेलमा मुम्बई भने चेन्नईसँग चार विकेटले हारेको थियो।
टस जितेर मुम्बईले फिल्ड रोजेपछि सुरुमा ब्याटिङ गरेको गुजरातले दिएको १९७ रनको लक्ष्य पछ्याएको मुम्बई निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६० रनमा समेटिएको हो।
मुम्बईका सूर्यकुमार यादवले सर्वाधिक ४८ रन बनाउनुभयाे। तिलक बर्माले ३९ रन बनाउनुभयाे भने नमन धीर र मिचेल सान्टनेर समान १८ रन बनाउनुभयाे । उसका लागि अन्य ब्याट्सम्यान चलेनन्। चार बल खेलेका रोहित शर्माले मात्र आठ रन बनाउनुभएकाे थियाे भने रायन रिकेल्टनले ९ बल खेलेर ६ रन मात्र जाेड्नु भएकाे थियाे । कप्तान हार्दिक पाण्डे १७ बलको सामना गरेर मात्र ११ रन जाेड्नुभयाे।
गुजरातका मोहम्मद सिराज र प्रशिद्ध कृष्ण समान दुईदुई विकेट लिनुभयाे भने कागिसो रबाडा र शाई किशोरले समान एकएक विकेट हात पार्नुभयाे । पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १९६ रन बनाएको थियो।
गुजरातलाई शाही सुदर्शनले सर्वाधिक ६३ रन बनाउनुभएकाे थियाे । ४१ बल खेलेका उनले चार चौका र दुई छक्का प्रहार गरे । जोश बटलरले २४ बलमा पाँच चौका र एक छक्कासहित ३९ रन बनाउँदा कप्तान शुभमन गिल ३८, शेर्फेन रदरफोर्ड १८ रन बनाउनुभयाे । पूरै २० ओभर खेल्दा आठ विकेट गुमाउँदै उसले १९६ रन बनाएको हो।
मुम्बईका हार्दिक पाण्ड्याले सर्वाधिक दुई विकेट लिनुभयाे । चार ओभर बलिङ गरेका उहाँले २५ रन खर्चनुभएकाे हाे । ट्रेन्ट बोल्ड, दीपक चाहर, सत्यनारायण राजु र मुजिब उर रहमानले समान एकएक विकेट हात पार्नुभयाे । आईपिएल अन्तर्गत आइतबार दुई खेल हुँदैछन्। पहिलो खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद भिड्नेछन् भने दोस्रो खेलमा राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सले प्रतिस्पर्धा गर्नेछन्।








निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि