काठमाडौं । काठमाडौंको नागार्जुनमा खसीबोका लिएर आउँदै गरेको गाडी पल्टिँदा एक जनाको मृत्यु भएको छ।
नागार्जुन नगरपालिका–८ ठूलाखोला नजिकै गएराति पौने नौबजेतिर प्र ३ –०१–०२४ च ८३२२ नम्बरको गाडी सडकबाट चारसय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
धादिङबाट काठमाडौं आउँदै गरेको टाटा गाडी विपरित दिशाबाट आउँदै गरेको अर्को गाडीलाई साइड दिने क्रममा सडकबाट खसेको हो।
दुर्घटनामा गम्भीर घाइते भएका गोरखाको भिमसेन गाउँपालिका–४ घर भएका का ५० वर्षीय गोकुल पाण्डेलाई उपचारको लागि स्वयम्भूस्थित मनमोहन अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार दुर्घटनामा गाडी चालक गोरखाकै भिमेश्वर ४ कै ४१ वर्षीय जमालुदिन मिया र सोही ठाउँका ४३ वर्षीय रामजी भट्ट घाइते हुनुभएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच