
काठमाडौं । चीन-नेपाल कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा सिछुवान-नेपाल संस्कृति, पर्यटन, अर्थतन्त्र र व्यापार आदानप्रदान महिनाको सिछुवान शृंखला छेन्दुमा सुरु भएको छ । सिछुवान प्रान्तीय सरकारको विदेश मामिला कार्यालय र छेन्दुस्थित नेपालको महावाणिज्य दूतावासको संयुक्त आयोजनामा छेन्दुमा व्यापार आदानप्रदान सिछुवान शृंखला प्रारम्भ भएको हो ।
सो अवसरमा सिछुवान प्रान्तको विदेश मामिला कार्यालयका महानिर्देशक झाङ ताओले नेपाल र सिछुवानबीचको सम्बन्ध क्रमशः प्रगाढ हुँदै गएको, हालै पोखरा महानगरका प्रमुखको नेतृत्वमा गएको प्रतिनिधिमण्डल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिछुवान विमान कम्पनीले सोझै छेन्दुमा हवाई सेवा थालेपछि पारस्परिक आदानप्रदान बढेको बताउनुभयो ।
छेन्दुस्थित महावाणिज्य दूतावासका अनुसार चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीले दुई देशबीचको ऐतिहासिक सम्बन्ध जनस्तरमा हुने व्यापार, पर्यटन र सांस्कृतिक आदानप्रदानले अझ मजबुत तुल्याएको बताउनुभयो । महिनाभर सञ्चालन हुने सिछुवान शृंखलामा सिछुवान प्रान्तका विभिन्न शहरमा स्थानीय उत्पादन प्रदर्शनी र सांस्कृतिक आदानप्रदान कार्यक्रमले दुई देशबीचको सुदृढ सांस्कृतिक, व्यापारिक, आर्थिक एवं जनस्तरको सम्बन्ध थप सुदृढ बनाउने विश्वास महावाणिज्य दूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच