
मकवानपुर । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ स्थित सिस्नेरी खोलामा डुबेर तीन जना बालकको मृत्यु भएको छ ।
सिस्नेरी बजार पछाडि खोलामा पौडी खेल्ने क्रममा सोमबार अपराह्न करिब ५ :३० बजे डुबेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार इन्द्रसरोबर गाउँपालिका-३ सिस्नेरी डोडारेका श्यामबहादुर आचार्यका छोरा १५ वर्षीय सुशान्त आचार्य, काभ्रेको फूलबारी दाप्चा घर भएका १४ वर्षीय प्रमेश घोरासैनी र ११ वर्षीय प्रमाध घोरासैनीको डुबेर मृत्यु भएको हो।
उनीहरु सिस्नेरी खोलाको ढुंगाको ओढारमा जमेको पानीमा घरबाट पौडी खेल्न गएका थिए।
मृतक बालकको शव पोस्टमार्टम गर्न काठमाडौंस्थित अस्पताल पठाइएको जानकारी दिइएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच