
काठमाडौं । नेपालमा पहिलो पटक ‘अन्तर्राष्ट्रिय रनिङ कन्फ्रेन्स’ हुने भएको छ । आगामी जेठ अन्तिम साता काठमाडौंमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको दौड सम्मेलन आयोजना हुने भएको हो । २३ जेठमा काठमाडौंमा इन्टरनेसनल रनिङ कन्फ्रेन्स आयोजना हुने तय भएको हो । विश्व म्याराथनको साझा संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)सँगको सहकार्यमा दौडसम्बन्धी अन्तर्राष्ट्रिय कन्फ्रेन्स हुन लागेको हो । नेपालमा एसियाली देशबाट रनिङ समुदायलाई एकै थलोमा जमघट गराई अनुभव आदानप्रदान गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको एम्सका नेपाल दूत तथा नेपालगञ्ज म्याराथनका संस्थापक टिएस ठकुरीले जानकारी दिनुभयो ।
दक्षिण एसियाबाहिर अन्य एसियाली मुलुकहरूमा यस्तो प्रतियोगिताको आयोजना हुँदै आएको भए पनि नेपालमा भने पहिलो पटक कन्फ्रेन्स हुन लागेको ठकुरीले बताउनुभयो । थाइल्याण्डमा हरेक वर्ष एसिया रोड रेस फोरम हुने गर्दछ । हरेक वर्ष अलग स्थानमा गर्ने अवधारणाबमोजिम भियतनाम, सिंगापुर, इण्डोनेसियामा मास पार्टीसिपेसन वल्र्ड(एमपिडब्ल्यु) कार्यक्रम हुँदै आएको छ ।
रेस नेपाल र नेपालगञ्ज म्याराथनले इन्टरनेसनल रनिङ कन्फ्रेन्स आयोजना गर्न लागेको हो । विश्व रनिङको साझा संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को बोर्ड बैठकको अवसर पारेर कन्फ्रेन्सको यात्रा आरम्भ गर्न लागिएको ठकुरीको भनाइ छ ।
कन्फ्रेन्स आयोजनाका लागि नेपालका प्रमुख रनिङ इभेन्ट आयोजक, एथलेटिक्सको विकासमा क्रियाशील व्यक्तित्व र संस्थाका साथै शिक्षा, खेलकुद, पर्यटन, सामाजिक तथा आर्थिक क्षेत्रका अगुवालाई समेटेर मूल आयोजक समिति गठन गरिने र कन्फ्रेन्समा समेत सहभागी गराइने उहाँले जनाउनुभयो ।
कन्फ्रेन्समा शिक्षा, खेलकुद र पर्यटनसँग सम्बन्धित चारवटा सेसन रहनेछन् । पहिलो सेसनमा एम्सका प्रेसिडेन्ट पाको बोराओसँग विशेष साक्षात्कार हुनेछ । पाको विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनका रेस डाइरेक्टर हुनुहुन्छ ।
त्यसैगरी विश्व प्रतिष्ठित म्याराथनका प्रमुख व्यक्तित्वहरूले विभिन्न सत्रमा आफ्ना अनुभव साट्नेछन् । हरेक सत्रमा दुई विदेशी र दुई नेपाली गरी चार वक्ता र एक सहजकर्ता रहने जनाइएको छ ।
एम्सको बोर्ड बैठकलगायत अन्य कार्यक्रम व्यवस्थित र फलदायी बनाउन नेपालका प्रतिष्ठित म्याराथन आयोजकहरू रहेको मूल आयोजक समिति गठन गरिने जनाइएको छ । कन्फ्रेन्समा युरोप, अमेरिका, जापान, थाइल्याण्ड, मलेसिया, भियतनाम, इण्डोनेसिया, सिंगापुरलगायत दक्षिण एसियाली राष्ट्रहरू गरी दुई दर्जन बढी देशका प्रतिनिधिको सहभागिता रहनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच