सर्लाही । सर्लाही हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले चालु क्रसिङ सिजन २०८१/८२ का लागि किसानबाट खरिद गरिएको सम्पूर्ण उखुको भुक्तानी गरिएको दाबी गरेको छ । उद्योगले क्रसिङ प्रक्रिया सम्पन्न भएको तीन हप्ताभित्रै एक अर्ब ७६ करोड रुपैयाँ भुक्तानी गरेको प्रशासकीय प्रबन्धक ठाकुरप्रसाद नेपालले जानकारी दिनुभयो ।
फागुन २९ गते बन्द भएको इन्दुशंकर चिनी उद्योगले यस वर्ष ३० लाख ५२ हजार सात सय ९२ क्विन्टल उखु क्रसिङ गरेको थियो । त्यसैगरी महालक्ष्मी चिनी उद्योगले १३ लाख ८० हजार एक सय चार क्विन्टल उखु क्रसिङ गरी फागुन २१ गतेबाट बन्द भएको उद्योगले हालसम्म किसानलाई ८५ प्रतिशत भुक्तानी गरिसकेको जनाएको छ । बाँकी पाँच करोड रुपैयाँ वैशाख दोस्रो सातासम्म भुक्तानी गरिने उद्योगका प्रशासकीय प्रबन्धक शिवशंकर महतोले बताउनुभयो ।
त्यसैगरी अन्नपूर्ण चिनी उद्योगले नौ लाख २१ हजार क्विन्टल उखु क्रसिङ गरी फागुन २४ गते बन्द गरेको छ । उद्योगका सञ्चालक शैलेन्द्र गुप्ताका अनुसार करिब ८० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ, सकेसम्म यही महिनाभित्रै सम्पन्न गर्ने तयारी छ । समयमै भुक्तानी पाएकोमा उखु किसानले खुसी व्यक्त गर्दै चिनी उद्योगको जिम्मेवारीप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् ।







च्याम्पियन्स लिग : एमबाप्पे र
तेक्वान्दोको निर्णायक मण्डलमा छनोट हुनुभएका
एभरेष्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय
माफ बास्केटबलमा ४४ टोली
बालोन डी’ओर मनोनयन सार्वजनिक
डब्लुटिटी युथ कन्टेन्डरमा प्रतिस्पर्धा गर्न