
सर्लाही । सर्लाहीमा सिँचाइ सुविधा भएका क्षेत्रका किसानले चैते धान रोपाइँ सुरु गरेका छनु । कुलो तथा नहरको पानी उपलब्ध हुने तथा पम्पसेटबाट सिँचाइ गर्न सकिने ठाउँमा किसानहरू उत्साहसाथ रोपाइँमा जुटेका छन् । कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहाले फिल्ड भिजिटका क्रममा कविलासी, ईश्वरपुर, लालबन्दीलगायतका क्षेत्रमा किसानले धमाधम चैते धान रोपिरहेको बताउनुभयो । उहाँका अनुसार पछिल्ला वर्षहरूमा सर्लाहीमा चैते धानखेतीको क्षेत्रफल विस्तार भइरहेको छ । कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार गत वर्ष जिल्लामा ५० हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएको थियो । केही वर्षसम्म यो खेती रोकिएको भए पनि पम्पसेट र बोरिङ प्रविधि प्रयोग गर्दै किसानले पुनः खेती गर्न थालेका हुन् ।
यसैबीच गहुँ काट्ने सिजन सुरु भएसँगै किसानले गहुँ भित्र्याउनेकामलाई पनि तीव्र बनाएका छन् । गहुँबाली उठाइसकेपछि थप किसान चैते धानखेतीमा लाग्ने कृषि शाखाले जनाएको छ । सर्लाहीमा पूर्व-पश्चिम राजमार्गदेखि दक्षिणतर्फ नहरबाट सिँचाइ सुविधा पाएका तथा बोरिङ र पम्पसेट प्रयोग गरिरहेका किसानले खेती विस्तार गरिरहेका छन् । गत वर्षको तुलनामा यस वर्ष केही सुक्खा अवस्थामा खेती गर्नुपरे पनि किसानले उत्साहपूर्वक रोपाइँ गरिरहेका छन् ।
लालबन्दी नगरपालिकाको कृषि शाखाका प्रमुख गोकर्ण पौडेलका अनुसार नगरपालिकाको जब्दी, सिस्वा, हरिभवन, जुटपानी, रानीगञ्ज र जियाजोर क्षेत्रमा चैते धानखेती भइरहेको छ । उहाँले नगरका विभिन्न वडामा रोपाइँ सुरु भइसकेको जानकारी दिनुभयो । सिँचाइ सुविधा सहज भएमा यस वर्ष पनि चैते धान उत्पादनमा वृद्धि हुने आशा गरिएको छ । स्थानीय किसानले अनुकूल मौसम र पर्याप्त पानी उपलब्ध भएमा अझ राम्रो उत्पादन हुने विश्वास व्यक्त गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच