कालीकाेट । नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) कालीकाेटको आठौं जिल्ला अधिवेशनले तुलसी परियारलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
बुधबार पार्टी कार्यालय मान्ममा सम्पन्न अधिवेशनले परियारको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा जौकला शाही र ललिता चौलागाईं, सचिवमा नन्दा बिष्ट, सहसचिवमा गोमा सिम्खाडा, तथा कोषाध्यक्षमा मनशोभा सुनार चयन हुनुभएकाे छ।
एमाले कालीकाेटकाे नेतृत्वले नयाँ टिमलाई शुभकामना दिँदै संगठनलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच