ऋतु पविर्तनसँगै वातावरणमा क्रमशः गर्मी बढ्दैगएको आभास भइरहेका बेला नेपालको राजनीतिक माहौल पनि तातिन पुगेछ । राजसंस्था फर्काएर हिन्दुराष्ट्र कायम गर्ने विगत तीन वर्षदेखिको मेडिकल व्यवसायी उग्रवादी दुर्गा प्रसाईंको दिवास्वप्न राजालाई पुनः राजगद्दीमा आसीन गराउने सिलसिलामा झापामा आयोजना गरेको राजावादी समारोहमा राजालाई मञ्चमा हातले तानेर मञ्चारुढ गराएको घटनालाई राजाले प्रसार्इंको त्यति भाउ दिनुभएन । तर, हिन्दुराज्य गुमेकोमा मर्माहत हिन्दु धर्मावलम्बी जनताको मनोभावनामा मलम लगाई राजसंस्था र हिन्दुराज्यको अपरिहार्यतालाई बोध गराउन पूर्वराजाले बितेका १७ वर्षदेखि नेपाल र भारतका मठमन्दिरमा अनवरत धाउँदै आउनुभएको सबैलाई थाहा छ ।
यसैबीच भारतीय जनता पार्टी भाजपा र उसकोे भ्रातृ संगठनले नेपालमा यस रूपमा वा त्यस रूपमा राजालाई राजसिंहासनमा आरुढ गराई हिन्दुराज्य कायम गर्नुपर्छ भने । यस सन्दर्भमा उत्तरप्रदेशको मुख्यमन्त्री योगी आदित्यनाथको साथसहयोग बेलाबेलामा देखिनेगरेको छ । अस्ति भर्खर राजा ज्ञानेन्द्र लखनउ पुगेर योगीसँग मन्त्रणा गरी फर्केपछि हौसिएको अनुमान गर्न सकिन्छ । पोखराबाट फर्किँदा एयरपोर्टबाट जुन किसिमसँग राजावादीको र्यालीले स्वागत गरी निर्मल निवाससम्म पुर्यायो त्यसले उनको महत्वाकांक्षामा बल पुर्यायोे र पूर्वराजा ज्ञानेन्द्र झन् हौसिएका हुन् ।
हुन त पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा छँदैदेखि राजा र राजावादीहरूले योजना बुन्न थालेका हुन् । त्यसैको परिणाम स्वरूप यत्रो तामझामका साथ काठमाडौंमा स्वाथत गरिएको हो तर यसलाई फाइनल टच चाहिँ गत शुक्रबार चैत १५ गते यो विध्वंशकारी जुलुसको अघिल्लो दिन निर्मल निवासमा राजावादी सबैलाई डाकेर तय गरिएको हो । फाइनल टचभन्दा अघि नवराज सुवेदी जो विगत पञ्चायत व्यवस्थामा राजदरबारको सर्वोत्तम हितचिन्तन गर्ने भएर राष्ट्रिय पञ्चायतको अध्यक्ष बनाइएका थिए, उनलाई डाकेर तथाकथित राजसंस्था पुनःस्थापना आन्दोलन समितिको संयोजक बनाइएको छ । कस्तो हाँस्यास्पद सुवेदी अहिले ८६ को बय पार गरिसकेका छन् ।
आफ्नो असफल पद चिहृन राजा ज्ञानेन्द्रले नछाड्ने देखिन्छ । स्वर्गीय राजा वीरेन्द्रले संवैधानिक राजतन्त्र स्वीकार गरी मर्दादित भई राजा भएको कुरा ज्ञानेन्द्रलाई कत्ति मन नपरेको र यस सम्बन्धमा पारिवारिक छलफलमा जहिले पनि उहाँले किचलो झिकिरहने कुरा बाहिर आइरहेको थियो ।
आफ्नो असफल पद चिहृन राजा ज्ञानेन्द्रले नछाड्ने देखिन्छ । स्वर्गीय राजा वीरेन्द्रले संवैधानिक राजतन्त्र स्वीकार गरी मर्दादित भई राजा भएको कुरा ज्ञानेन्द्रलाई कत्ति मन नपरेको र यस सम्बन्धमा पारिवारिक छलफलमा जहिले पनि उहाँले किचलो झिकिरहने कुरा बाहिर आइरहेको थियो तर पछि राजा वीरेन्द्रको बंशनाश हुनेगरी हत्या हुन गएपछि ज्ञानेन्द्रलाई आदरपूर्वक राजसिंहासनमा विराजमान गराइएको थियो । तर, उहाँ महत्वाकांक्षाले ग्रसित भई सत्तालिप्साका खातिर २०५९ साल जेठ ९ गते प्रतिनिधि सभा भंग गरेर निर्वाचनको प्रयासमा प्रधानमन्त्रीमात्र फेरिइरहे । अन्ततः २०६१ साल माघ १९ गते सत्ता आफ्नो हातमा लिएर जननिर्वाचित प्रधानमन्त्रीलाई असक्षम घोषित गरी जेलमा हालिदिए ।
मन्त्रिपरिषद् आफ्नो अध्यक्षतामा गठन गरी श्रीलंकामा आराम गरी बसिरहनुभएको वयोवृद्ध डा.तुलसी गिरी र त्यस्तै वयोवृद्ध कीर्तिनिधि विष्टलाई मन्त्रिपरिषद्को उपाध्यक्षमा नियुक्त गरी आफ्नो बुबा स्व.राजा महेन्द्रको पद चिहृन अवलम्बन गर्नुभएको थियो । यहाँ एउटा कुरामा राजाले ध्यान पुर्याउन सकेनन् त्यो के भने मानिस निमित्तमात्र हुन खेल त समयले खेल्ने गर्छ । यहाँको बुबाको पालोमा समय परिस्थिति अर्कै थियो । त्यतिबेला मानिस उतिसारो सचेत भइसकेका थिएनन् । समयको साथै मानिस शिक्षित हुँदैगए । त्यसैले चेतनाको स्तरमा पनि वृद्धि हुँदै गएकाले अहिलेका मानिसहरू प्रतिक्रियाबादी हुन पुगेका छन् ।
अहिले त झन् जेनेरेसन जीको जमाना छ भ्रममा पार्न सकिँदैन र अन्याय त फिटिक्कै सहँदैनन् । सत्ताको छिनाझपटी कहिलेसम्म र किन ? अब यो खेल चल्नेबाला छैन । २०६२/०६३ को जनआन्दोलनले नै पाठ सिक्नुपर्ने होइन र ! त्यस कारण जमाना अनुसार चल्न सिक्नुपर्छ मानिसले । सधैं बुबाको औंला समातेर वा बुवाको पद चिहृन समातेर हिँड्दा उमेर पुगेका बुबा ढल्दा आफू पनि बेसहारा भई ढल्ने हुन्छ । राजसत्ताको लोभ र मोहमा तिर्खाएको मृगले झैँ मरुभूमिमा पानीको खोजीमा यताउता हिँडिरहँदा आफूसँग भएको जलभण्डार पनि रित्तिएर डिहाइड्रेसनको शिकार हुन पुग्ने प्रबल सम्भावना रहन्छ । चेतना भया ।
अरूको लहलहैमा लाग्योे भने आाफ्नै बिघ्नविनाश हुन्छ । दुर्गा प्रसाईं जस्तो अवसरवादी आपराधिक चरित्र भएका मानिसहरूको उक्साहटमा आन्दोलन थाल्नु प्रतिउत्पादक साबित हुनपुगेको छ । शान्तिपूर्ण जुलुसको आमअपेक्षामा तुषारापात भयो । धनजनको क्षति प्रेस र मिडियाहरूमा आक्रमण व्यक्तिगत सम्पत्तिमा आगजनी गराइयो । एभेन्यूज टेलिभिजनका क्यामराम्यान सुरेश रजकको हत्या तथा अरू एकजना आममानिस सबिन महर्जनको गोली लागी मृत्यु भएको । जडिबुटी केन्द्रमा आगजनी गरेर सार्वजनिक सम्पत्तिमा ठूलो नोक्सान पुर्याउनुका साथै ५० जना त्यहाँ कार्यरत व्यक्ति रोजगारविहीन हुनपुगे ।
व्यक्तिगत सम्पत्तिहरूमा लुटपाट मच्चाए । व्यक्तिगत र सरकारी गाडीहरू जलाइए । के यस्तै बिध्वंसकारी र जहाँ जे भेटियो व्यक्तिगत र सरकारी तोड्फोड र आगजनी गर्न भनी अघिल्लो दिन सबै राजावादीहरूलाई बोलाएर मन्त्रणा भएको थियो ? कि फगत दुर्गा प्रसार्इंको उछृंखलतापूर्ण सनक नै हो । दुबै अर्थमा यो आन्दोलन प्रत्युत्पादक हुनपुगेको छ । यी अराजक क्रियाकलापले आन्दोलनको अब औचित्य समाप्त भएको छ ।
राजसंस्था पुनःस्थापनाको एजेण्डा बोकेको राप्रपाले दुर्गा प्रसाईंको नायकत्वमा निस्कने ¥यालीमा भाग नलिने आफ्नो छुट्टै कार्यक्रम बनाए आन्दोलन गर्ने पार्टी निर्णयको विपरीत कुन चाहिँ जडिबुटी सुँघेर प्रसाईंकै नायकत्वको जुलुसमा होमिन पुगेर उनका नेताहरू रविन्द्र मिश्र र धवलशमशेरहरू प्रकाउ परेर अदालतबाट पाँच दिनको म्याद थपेर हिरासतमा छन् । यो के हो यसबाट के प्रमाणित हुन्छ । पार्टी अघिल्लो दिनको मन्त्रणापछि एकाएक आन्दोलनमा सामेल हुनु यो विध्वंशकारी आन्दालनको जिम्मेबार राजा ज्ञानेन्द्रलाई नै ठहराउँछन् सर्वदलीय बैठकले र गणतन्त्रवादी दलहरूले तर राप्रपाका अध्यक्ष लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले यस विध्वंशकारी आन्दोलनको दोष राजालाई लगाउन मिल्दैन भनी वकालत गरिरहेका छन् ।
राजसंस्था पुनःस्थापनाको एजेण्डा बोकेको राप्रपाले दुर्गा प्रसार्इंको नायकत्वमा निस्कने ¥यालीमा भाग नलिने आफ्नो छुट्टै कार्यक्रम बनाए आन्दोलन गर्ने पार्टी निर्णयको विपरीत कुन चाहिँ जडिबुटी सुँघेर प्रसाईंकै नायकत्वको जुलुसमा होमिन पुगेर उनका नेताहरू रविन्द्र मिश्र र धवलशमशेरहरू प्रकाउ परेर अदालतबाट पाँच दिनको म्याद थपेर हिरासतमा छन् ।
सरकारले छानविन गरी सत्यतथ्य पत्ता लगाएर आवश्यक कदम चाल्नुपर्छ । हुन त सरकारको खुफिया संयन्त्र निदाएर बसेकाले भोलि के हुन गइरहेको छ सरकारलाई सचेत गराउन सकेन र यत्रो विहृनविनाश गर्न पाए आन्दोलनकारीहरूले । यहाँ एउटा तथ्य कुरा सय वर्षभन्दा बढी जहाँनिया शासनको घोर दमन र ३० वर्षे पञ्चायत व्यवस्थाको स्वेच्छाचारिताले उकुसमुकुस भएका आमजनता राहतको खोजीमा नेताहरूकै आहृवानमा सरिक भई काटिएर मारिएर व्यवस्था परिवर्तन गरे तर राहतको अनुभूति गर्न पाएनन् । सामाजिक न्याय पाउनुको सट्टा अन्यायमात्र भोग्नुपरिहेको छ । अपराधी र अनपराधिक गतिविधि भएका यहाँसम्म कि सजाय पाउनुपर्नेहरूले लाभको पद धारण गरेर मोजमस्ती गरिरहेका छन् भने राम्रो र योग्य व्यक्ति कतै ठाउँ नपाएर विदेशिन बाध्य भइरहेका छन् ।
राजनीति दलीय युद्धको दायराभित्र सीमित हुनपुगेको छ । दलभित्र अधिनायकवाद चरित्र हाबी भएको छ । दलले आफ्नो आदर्श गुमाएर सिद्धान्तविहीन पिच्छलग्गुहरूको जमातमा परिणत हुनपुगेको छ । राम्रो कामगर्नेलाई यस व्यवस्थामा कुनै कदर र मूल्य नदिएर बाहिर गलहत्याइन्छ । उदाहरणका लागि विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई चार महिना अवधि बाँकी छँदाछँदै पनि उनलाई अपमान गरी बर्खास्त गरियो । त्यस्तै त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजङ बराल नियुक्त हुनुभएको १३ महिनामै राजीनामा दिन बाध्य हुनुभएको हो ।
कारण अनावश्यक राजनीतिक हस्तक्षेपसम्बन्धी महारोग । यसले गर्दा कुनै पनि योजना, कामहरू सुचारु हुन पाउँदैन । आफ्नोले तर मारिरहेका हुन्छन् भने योग्य र इमानदारलाई पाखा लगाउने गरिन्छ । जुन तहतप्काका मानिस व्यवस्था परिवर्तन गर्न आन्दोलनमा होमिएका थिए तिनीहरू समक्ष व्यवस्था परिवर्तनको फल पुग्नै पाएन । त्यसैले आक्रोश बढ्यो, व्यवस्थाप्रति वितृष्णाको भुंग्रो सल्कन थालेकोले नै व्यवस्थाविरुद्ध राजावादीहरू चल्मलाएका हुन् ।
हो बाठाटाठाले आममानिसहरूको मनोविज्ञामा यस्तै मौका पारी आँधीबेहरी ल्याइदिएर फाइदा लिन खोज्छन् । अहिले त्यही हुनपुगेको हो । १७ वर्षदेखि मौका पर्खिरहेका महत्वाकांक्षी पूर्वराजा शाहले गणतन्त्रका नेताहरू जनमुखी कार्यक्रम ल्याई जनतालाई लोकतन्त्रको स्वाद चखाउन नसकेकाले निराशा र आक्रोस छ्यापछ्याप्ती पोखिइरहेको देखेर गएको फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर राजाले शुभकामना सन्देशमार्फत देश भ्रष्टाचारमा डुबेको, महँगी बढेको, आर्थिक अवस्था जर्जर हुनपुगेको मुलुकको यस्तो दूरावस्था म टुलुटुलु हेरेर बस्न सक्तिनँ भनेर आपूmलाई साथ दिन जनतामा अपिल गर्नुभएको थियो । यही सन्देशले राजावादीहहरू अगाडि आए र राजाको रोहबरमा संयुक्त आन्दोलन समिति गठन भयो । तर, आन्दोलन तोडफोड विघ्नविनाश र मान्छे मारेर आफैं सेलाएजस्तो भए छ । यस्ता विध्वंशकारी आन्दोलनहरूको नियति क्षणिक हुन्छ । यसले अग्रगति लिन गाह्रो हुन्छ ।
हाललाई सरकारले दुईवटा कार्य तुरुन्त थालिहाल्नुपर्ने देखिन्छ । यस आन्दोलनले जे जति धनजनको क्षति हुनगएको छ त्यसको उचित क्षतिपूर्ति शीघ्र दिनुदिलाउनुपर्छ, किनकि यस्ता अकस्मात आइपरेका विपत्तीमा ढिलो गरी पाइएको क्षतिपूर्ति मूल्यहीन हुनजान्छ । घाइतेहरूको त सरकारले निःशुल्क उपचार थालिसकेकै छ । अर्को कुरा अपराधमा संलग्नहरूलाई खोजी गरी अनुसन्धान गरी प्रचलित कानुन अनुसार दण्डजरिबाना गर्नुपर्छ । सर्वोपरी कुरा राजनीतिक दल तथा तिनका नेताहरू अनि सरकार सञ्चालकहरूले आफ्नो कामकारबाही, आचरण र व्यवहारमा परिवर्तनल्याई गणतन्त्रविरोधी तत्वहरूलाई टाउको उठाउने मौका नदिऔं ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…