
काठमाडौं । गर्मी सिजनमा विशेषतः खोलाबजरमा उत्पादन हुने खर्बुजा सेवन स्वास्थ्यका लागि अति उपयोगी मानिन्छ । कसैकसैले यसलाई तर्बुजा भनेर पनि भन्ने गरेका छन् । नेपालमा खोलाको बगरमा मात्र खर्बुजा हुने भन्ने गरिन्थ्यो तर केहि समय यता चिम्टाइलो, दोमट माटोमा पनि खर्बुजा उत्पादन गरिन थालेको छ ।
खर्बुजामा प्रशस्त मात्रामा पाइने पानी र फाइबरले पाचन प्रणालीलाई सन्तुलित राख्न मद्दत गर्छ। खर्बुजामा ९२ प्रतिशत पानी र प्रसस्त मात्रामा खनिज पाइन्छ। आयुर्वेदका अनुसार ज्वरोको समयमा खर्बुजा खाँदा पाचन प्रणाली ठीक रहन्छ । यसले तातोलाई चिसो मात्रै गर्दैन शरीरको तापक्रमलाई नियन्त्रण गर्न र पाचन प्रणालीलाई पनि ठीक राख्न मद्दत गर्छ।
खर्बुजामा प्रशस्त मात्रामा भिटामिन, खनिज, एन्टिअक्सिडेन्ट पाइन्छन्। अमेरिकन जर्नल अफ हाइपरटेन्सनमा प्रकाशित अध्ययनका अनुसार खर्बुजा खाने व्यक्तिमा उच्च रक्तचाप तथा मुटु सम्बन्धी रोग लाग्न पाउँदैन। खर्बुजामा पाइने भिटामिन सी तथा अन्य एक्सिडेन्टले क्यान्सर बगाउने फ्रिरेडिकल बन्न दिँदैन र क्यान्सरबाट बचाउँछ।
त्यसैगरी यसमा पाइने लाइकोपिन नामक तत्वले प्रोस्टेट क्यान्सर हुन नदिने अध्ययनहरुले देखाएको छ। साथै खर्बुजामा प्रशस्त मात्रामा पाइने भिटामिन सीले दमको रोगी बन्न दिँदैन।
अझ पिसाबमा जलन वा अवरोध हुने समस्या भएका महिला वा पुरुषका लागि खर्बुजा रामबाण औषधिभन्दा कम नभएको चिकित्सकहरुको भनाइ छ ।
गर्मी मौसममा हाम्रो शरीरबाट बाहिर जाने पानीलाई खर्बुजाले सन्तुलित पार्छ। छालाका तेल ग्रन्थीमा तेल बन्न भिटामिन ए चाहिन्छ। त्यसैगरी शरीरका तन्तुहरु, छाला तथा रौंको वृद्धिको लागि भिटामिन ए जरुरी हुन्छ। खर्बुजामा पाइने भिटामिन ए ले यो जरुरत पुरा गरी छालालाई स्वस्थ राख्न मद्दत गर्छ।
वैज्ञानिकहरूका अनुसार गर्मीमा शरीर ठन्डा बढाउनको लागि खाइने खर्बुजाले भियग्राको भन्दा बढी सेक्स पावर बढाउँछ ।
अमेरिकाका वैज्ञानिकहरूले गरेको एक अध्ययनबाट खर्बुजामा सेक्स ड्राइव बढाउन आवश्यक पर्ने सबै गुण हुने पत्ता लगाएका छन् ।
खर्बुजामा भएका तत्वहरूले भियग्राको जस्तो शरीरमा कुनै असर नपार्ने बरु थप स्वस्थ हुने बताइएको छ ।
त्यस्तै, ब्लड प्रेसर हाई भएका बिरामीका लागि पनि खर्बुजा वरदान सावित हुने दाबी गरिएको छ । तर, खर्बुजाबाट यसरी फाइदा लिनका लागि मन लागेको वा पाएको बेलामा खानेभन्दा पनि नियमित रूपमा सकेसम्म ताजा खर्बुजा खान चिकित्सकहरुले सुझाव दिएका छन् ।
-विभिन्न पत्रपत्रिकाको सहयोगमा
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच