काठमाडौं । युनिभर्सिटी अफ हडर्सफिल्डसँग भएको साझेदारीसँगै लण्डनमा आधारित क्याम्पस स्थापना गर्ने सम्झौतापछि स्टडी ग्रुपका सिइओ इयान क्राइटनले नेपाल भ्रमण गर्नुभएको छ । उहाँले आफ्नो भ्रमणले विश्वकै उत्कृष्ट विद्यार्थी शहर लण्डनमा नेपाली विद्यार्थीका लागि शैक्षिक अवसर विस्तार गर्ने स्टडी ग्रुपको प्रतिबद्धता थप सशक्त बनाएको बताउनुभयो । युनिभर्सिटी अफ हडर्सफिल्ड आफ्नो विस्तृत पाठ्यक्रम र विद्यार्थीलाई प्रदान गरिने उच्चस्तरीय सहयोगका लागि प्रसिद्ध छ ।
नेपाली विद्यार्थीलाई उत्कृष्ट शिक्षा, सहयोग, मार्गदर्शन र अन्य अन्तर्राष्ट्रिय स्रोतहरू उपलब्ध गराउन तयार रहेको स्टडी ग्रुपले जनाएको छ । जसले विश्वव्यापी शिक्षा हासिल गर्न सहयोग गर्ने ग्रुपको विश्वास छ । नयाँ अवसरमा व्यवस्थापन, अन्तर्राष्ट्रिय व्यापार, कम्प्युटिङ, मार्केटिङजस्ता मास्टर कार्यक्रम समावेश हुनेछन् ।
कार्यक्रममा लण्डनको शैक्षिक केन्द्रमा विकास भइरहेको युनिभर्सिटी अफ हडर्सफिल्डको नयाँ क्याम्पसबारे छलफल गरिएको थियो । जसबाट विद्यार्थीलाई रोजगारमुखी वातावरणमा सिक्ने अवसर प्राप्त हुने इयान क्राइटनले बताउनुभयो । अन्तर्राष्ट्रिय शिक्षाले विद्यार्थीको जीवनमा पार्ने रूपान्तरणकारी प्रभावले स्टडी ग्रुपलाई निरन्तर प्रेरित गरिरहेको उहाँको भनाइ थियो ।







च्याम्पियन्स लिग : एमबाप्पे र
तेक्वान्दोको निर्णायक मण्डलमा छनोट हुनुभएका
एभरेष्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय
माफ बास्केटबलमा ४४ टोली
बालोन डी’ओर मनोनयन सार्वजनिक
डब्लुटिटी युथ कन्टेन्डरमा प्रतिस्पर्धा गर्न