
काठमाडौं । चलचित्र ‘कल्ली’ले सिनेमाघरमा आउने मिति तय गरेको छ । बुधबार निर्माण टिमले आगामी कात्तिक २१ गतेलाई प्रदर्शन मिति तय गरेको हो । तिहार र छठ दुवै सकिएपछि यो चलचित्र प्रदर्शनमा आउन लागेको हो । यसअघि चैत २९ गतेलाई प्रदर्शन मिति तोकिएको थियो । तर, छायांकनमा जान ढिलाइ हुँदा चलचित्र पूर्वघोषित मितिमा आउन नसकेको हो ।
लक्ष्मण सुनारको निर्देशनमा बनिरहेको यो चलचित्र यतिबेला जुम्लामा छायांकन भइरहेको छ । चलचित्रमा ‘झ्यानाकुटी’ जोडी सौगात मल्ल र बेनिशा हमाल मुख्य भूमिकामा हुनुहुन्छ । यसमा उत्तम प्रधान, अर्पण थापा, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, बेगम नेपालीलगायतको पनि अभिनय छ । उत्तमले यो चलचित्राट एक दशकपछिको कमब्याक गर्नुभएको हो ।
हिमाल कडेरिया र अमला देवी राई निर्माता रहेको चलचित्रमा निर्देशक सुनारको कथा तथा महेश दवाडीको लेखन छ । लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको संयुक्त व्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली र कार्यकारी निर्माता सरोज नेपाली हुनुहुनछ । निसाल पौडेलको छायांकन रहेको यो चलचित्र पौराणिक कथामा आधारित रहेको निर्माणपक्षले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच